२१ बैशाख २०८१, शुक्रबार
नेपाल आईपुगे राष्ट्रिय फुटबल प्रशिक्षक अलमुताइरी
  • काँचुली खबर

राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३(० ले पारजित हुँदै उपविजेता बनेको थियो ।

शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।

उनले पछिल्लो तीन चार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए ।

अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनले धेरै आग्रह गरेपछि आफु नेपाल आउन सहमत भएको बताए ।

उनले पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु रहेको बताए ।

  • १४ कार्तिक २०७८, आईतवार ०८:३३ प्रकाशित
  • Nabintech