१५ चैत्र २०८०, बिहीबार
गाई काट्ने जोलाहा फरार अपराधि भएको खुलासा
  • काँचुली खबर

गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका थिए ।
जोलाहालाई अदालतले ठगी मुद्धामा ४ वर्ष कैद र ५ लाख जरिवानाको सजाए सुनाएको थियो । यद्यपी उनि हालसम्म फरार रहेको र मंगलबार आप्mनै घरमा गाई काटिरहेको अवस्थामा फेला परेको बाँकेका प्रहरी प्रमुख टेक प्रसाद तामाङले जानकारी दिए ।
मंगलबार राती करिब साढे १ बजे प्रहरी नायव निरिक्षक अभय रावतको कामाण्डमा खटिएको प्रहरीको टोलीले जोलाहाको घरमा गाई काटी रहेको अवस्थामा मो. इलियाद जोलाहाका साथमा उनकी श्रीमती गुड्डि जोलाहा, छोरा सद्दाम जोलाहा र भतिज पर्ने अकबर अलि जोलाहालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका ४ जना विरुद्ध मुलुकी ऐन अन्र्तगत गौ हत्या सम्बन्धि मुद्दा चलाईने बाँके प्रहरी प्रमुख तामाङ्गले जानकारी दिए ।


यसैबिच मंगलबार सडक दुर्घटनामा परि कोहलपुरमा ३ वटा गाईको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय नजिकै कोहलपुर-नेपालगन्ज सडकखण्डमा स्कार्पीयो गाडीले ठक्कर दिदाँ २ वटा गाईको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाईते एउटा गाईको समयमै उद्धार हुन नसकेपछि ज्यान गएको हो ।
सडकमै सुतिरहेका गाईमाथी गाडी चढेको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरन्जन घिमिरेले दुर्घटनामा संलग्न भएको आशंकामा एउटा गाडी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
कोहलपुर नगरपालिकाको समन्वयमा दुर्घटनामा परि मरेका गाईहरुको पोष्पमार्टमपछि उचित व्यवस्थापन गरिएको प्रहरी निरिक्षक घिमिरेले बताए ।

  • २० असार २०७५, बुधबार १५:०२ प्रकाशित
  • Nabintech