१३ बैशाख २०८१, बिहीबार
सुन व्यापारी पक्राउ परेको प्रति बाँकेका व्यापारीहरुको आपत्ती
  • काँचुली खबर

केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन ।
मंगलबार बाँकेमा रहेका सुन चाँदी तथा गरगहना ब्यवसायसँग आवद्ध विभिन्न संघसंस्थाहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आपत्ती प्रकट गरेका हुन ।
उनिहरुले पुख्र्यौली पेशाको रुपमा परम्परादेखि नै अतिआवश्यीय रुपमा चल्दै आएको सुन चाँदी ब्यवसायको सहज आपूर्ति तथा कारोबार गर्ने राज्यले ऐन, कानुन, नियमावली , निर्देशिका नबर्नादिएर ब्यवसाय संचालनमा नै अन्यौलता भईहरेको बेला सरकारका नियमनकारी निकायले अनुगमनका नाममा जथाभावी गर्दा सो ब्यवसाय नै बन्द हुने अवस्था सृजना भएको बताएका छन ।
सुनचाँदी, हिरा, जवाहरत जस्ता बहुमुल्य र संवेदनशिल धातुको कारोबार गर्ने ब्यवसायीहरुलाई अनुगमनका नाममा मालसामान जफत गर्ने र ब्यवसाय सिलबन्दी गर्ने कार्य आपत्तीजनक भएको भन्दै उनिहरुले यस्तो कार्य तत्काल रोक्न माग गरेका छन ।
बहुमुल्य धातुहरु अनुगमन तथा खानतलासीको बहानामा लैजाने तथा पसल सिलबन्दी गर्ने कार्यतत्काल नरोकीए देशब्यापी आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मध्य तथा सुदुरपश्चिम सुनचाँदी गहना ब्यवसायी संघ कोहलपुरका अध्यक्ष देविलाल विकले जानकारी दिए ।
नेपालगन्ज सुन चाँदी ब्यवसायी संघ बाँके, नेपाल सुनचाँदी कालिगढ टे«ड युनियन बाँके, मध्य तथा सुदुरपश्चिम सुनचाँदी गहना ब्यवसायी संघ कोहलपुर , बाँके सुनचाँदी तथा गहना ब्यवसायी संघ कोहलपुर र बाँके रत्न तथा आभुषण संघ नेपालगन्जले संयुक्त रुपमा ज्ञापन-पत्र बुझाएका थिए ।

  • १९ असार २०७५, मंगलवार २२:१५ प्रकाशित
  • Nabintech