दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालन आएको हो । संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू राखिएका छन् ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तुका साथै पूर्वी नेपालमा बसोबास गर्ने थारू समुदायमा प्रयोग हुने सामग्री राखिएको संग्राहलयका व्यवस्थापक नरेन्द्र चौधरीले बताए । उक्त संग्राहलयमा आदिवासी थारू जातिका कला, संस्कृति झल्किने वस्तु, भेषभूषा, गरगहना, कृषि उपकरणलगायत करिब पाँच हजार सामग्री छन् । संग्राहलयम परिसरमा राखिएका थारू परिकारसमेत अवलोकनकर्ताको विशेष आकर्षण भएको संग्राहलयका कर्मचारी रमिता चौधरीले बताइन् ।
त्यहाँ घवाङटी, सुँगुर÷बंगुरको मासु, मुसाको चटनी, माछा, गँगटा, चामलको पीठोबाट बनाइने ढीक्री, अनदीको परिकार, अनदीको झोल, मदिरालगायत परिकार
राखिइएका छन् । संग्राहलय अवलोकनका लागि दैनिक करिब १०० जना आन्तरिक पर्यटक आउने गरेको गरेका छन् । संग्राहलयको अवलोकनका लागि प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378




स्रोत : थाहाखबर
१९ असार २०७५, मंगलवार १७:५२ प्रकाशित