कोहलपुर मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा बिकास गरीन्छ : अथक
  • पुष्पराज हमाल

२७ असोज, कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण हुने कुरा दोहोर्याएका छन । मन्त्री भएलगत्तै कोहलपुरमा महिला क्रिकेट एकेडेमी संचालनकालागि प्रक्रिया थाल्ने निर्णयमा हस्ताक्षर गरेका मन्त्री अथकले बुधबार पुन: उक्त प्रतिवद्धता दोहोराएका हुन ।

मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री अथकले कोहलपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उक्त प्रतिवद्धता जनाएका हुन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अथकले कोहलपुरस्थित क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा बिकास गरीने बताए । विगतदेखी नै अन्तराष्ट्रिय क्रिकेट मैदानका रुपमा प्रचारित उक्त मैदानको विकासकालागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्री अथकले महिला एकेडेमी संचालनकालागि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडी बढाईसकिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने सबैभन्दा राम्रो माध्यम खेलकुद भएकाले आफ्नो कार्यकालभरी खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने अथकले दावी गरे । साथै युवाहरुलाई देशभित्रै आत्मनिर्भर बनाउन युवा स्वारोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाएर लागु गरिने बताउँदै अथकले भने, ‘युवा पुस्तामा विदेशीने क्रम बढेको छ, त्यसलाई रोक्न आफ्नै घरआँगनमा रोजगार उपलब्ध गराउनु अहिलेको प्रमुख कार्यभार रहेको छ ।’

मन्त्री बने लगत्तै गृहजिल्ला आउँदै ‘अथक’

  • २७ आश्विन २०७८, बुधबार १८:२३ प्रकाशित
  • Nabintech