१२ बैशाख २०८१, बुधबार
प्रतिरोध संघर्षको तयारी गर्दै वैद्य माओवादी
  • काँचुली खबर

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अब प्रतिरोध संघर्षको तयारी थाल्ने भएको छ । असार १२ देखि १६ सम्म बसेको केन्द्रीय समितिको बैठकले प्रतिरोध संघर्षको तयारीलाई घनिभूत बनाउने निर्णय गरेको हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्नलार्इ केन्द्रबिन्दु मानेर संघर्ष थालिने सो पार्टीले जनाएको छ ।

बैठकपछि महासचिव मोहन वैद्य ‘किरण’ द्धारा जारी विज्ञेप्तीमा जनाइएको छ । बक्तव्यमा भनिएको छ, “संघर्षलाई केन्द्रीय, प्रादेशिक तथा स्थानीय गरी तीन तहमा संगठित गर्ने, प्रादेशिक तथा स्थानीय संघर्षमा विशेष जोड दिने, जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको तयारी गर्ने निर्णय लिइएको छ । त्यस प्रकारका संघर्षका लागि सामान्यतः राष्ट्रियता, जनतन्त्र र जनजीविका र विशेषतः संयुक्त मोर्चा, जनवर्गीय मोर्चा तथा जातीय क्षेत्रीय आदि मोर्चाका मागहरुलाई सुत्रबद्ध गर्ने र त्यसै आधारमा अगाडि बढ्ने ठेगान भएको छ ।”

क्रान्तिकारी माओवादीले विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसहित पार्टीहरुसित पार्टी एकताका लागि आधार तयार पार्नेबारे प्रयास गर्दै आएकोमा हाल नेकपा (मसाल) यस प्रक्रियाबाट बाहिरिएको अवस्थामा विप्लव नेकपासिहत एकताको आधार नजिकिएको ठहर गरेको छ । पुर्व माओवादी केन्द्रको एमालेमा विलय भई कथित नेकपाका रुपमा निर्मित घोर दक्षिणपन्थी अवसरवादी गठबन्धन नव प्रतिक्रियावादी शक्तिका रुपमा सरकारमा आसिन बन्न पुगेको वैद्य माओवादीको ठहर छ ।

 

स्रोत : जनपाटी

  • १९ असार २०७५, मंगलवार १७:०१ प्रकाशित
  • Nabintech