१५ बैशाख २०८१, शनिबार
वालज्योतीका विद्यार्थीद्धारा बृक्षारोपण
  • काँचुली खबर

बालज्योती मा.वि. कोहलपुरका विद्यार्थीहरुले आईतबार बृक्षारोपण गरेका छन । विद्यालयमा गठन गरिएको ग्रिन क्लबले विगत वर्षहरुझै यसवर्षपनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विदार्थीहरुले आप्mनै घरबाट विभिन्न प्रजातीका बिरुवाहरु ल्याएर विद्यालय प्राङ्गणमा बृक्षारोपण गरेका हुन । साथै विद्यार्थीहरुले पिपरी, हवल्दारपुर चोक र हवल्दारपुरमा स्थापित बैद्ध विहारमा गुलमर, आँप, आरु, लिचि, अम्बा, कागती लगायत प्रजातीका विरुवाहरु रोपेका थिए ।
‘सफा, स्वच्छ र हरियाली कोहलपुर’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका ११ नं. वडाको आर्थिक सहयोगमा ईलाका वन कार्यालय कोहलपुरबाट प्राप्त गुलमर जातका विरुवाहरु रोपिएको विद्यालयका संस्थापक लक्ष्मीदेवी सुवेदीले जानकारी दिईन ।


बृक्षारोपण कार्यक्रममा विद्यालयमा अध्ययनर विद्यार्थीहरुका साथै विद्यालयका संस्थापक लक्ष्मीदेवी सुवेदी, प्रिन्सीपल दामोदर पौडेल, सल्लाहकार मधुसुदन न्यौपाने लगायतको उपस्थिती रहेको विद्यालयका ई.सि.ए. ईन्चार्ज कमल वि.सी. ले जानकारी दिए ।
विद्यालयले कोहलपुर वृक्षारोपण कार्यक्रमका अलावा प्लाष्टिक रहित कोहलपुर निर्माणकालागि विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको वि.सी. ले बताए ।

  • १७ असार २०७५, आईतवार २३:४६ प्रकाशित
  • Nabintech