१६ चैत्र २०८०, शुक्रबार
राप्तीसोनारीको घटना दुखद भएको साँसद अथकको भनाई
  • काँचुली खबर

बाँके क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले सदनमा विशेष समय मागेर आप्mनो भनाई राखेका छन । आईतबार ११ बजे बसेको सदनमा विशेष समय लिएर अथकले शुक्रबार राती बाँकेको राप्तिसोनारी गाँउपालिकामा ट्रान्सफमर पड्कदाँ भएको क्षतीको बारेमा सदनलाई जानकारी गराएका थिए । घटनाबाट राप्तीसोनारी ६ लक्ष्मीराजपुरका स्थानियद्धय सुरेश चौधरी र टिकाराम चौधरीको घरमै सुतिराखेको अवस्थामा ज्यान गएको थियो भने तिला शाही, दिनेश बुढाथोकी र कमला बुढाथोकी घाईते भएका थिए ।
ट्रान्सफर्मर पड्कदा स्थानियहरुको घरका मिटरमा समेत क्षती पुगेको बताउँदै अथकले ठुलो दुर्घटनाबाट स्थानियहरु बच्न सफल भएको सदनमा जानकारी दिए । उनले घटनामा ज्यान गुमाएका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न माग गरेका छन । साथै घाईतेहरुको उपचारको ब्यवस्था मिलाउन समेत अथकले सदनमार्फत सरकारलाई आग्रह गरे । उनले सदनमै घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाईतहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
अब्यवस्थित विद्युतीकरणका कारण जिल्लामा बिभिन्न खालका दुर्घटनाहरु हुँदै आएको तर्फ सचेत गराउँदै प्रतिनिधी सभा सदस्य अथकले प्राबिधिक रुपमै विद्युतको दिगो ब्यवस्थापनकालागि ध्यानाकर्षण गराएका थिए ।

  • १७ असार २०७५, आईतवार १५:३३ प्रकाशित
  • Nabintech