२२ बैशाख २०८१, शनिबार
तेक्वान्दो संघ बाँकेको अध्यक्षमा लामिछाने चयन
  • काँचुली खबर

नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन । संघको मंगलबार कोहलपुरमा सम्पन्न तेस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी र कोषाध्यक्षमा तिर्थ बहादुर शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामरती थारु, निलिमा मल्ल, भक्त बहादुर बस्नेत, बल बहादुर वली र विर बहादुर परियार चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले खेलकुदको माध्यमबाट युवाहरुले राष्ट्रलाई धेरै ठुलो योगदान दिएपनि राज्यले खेलकुदल क्षेत्रलाई सधैं उपेक्षा गरीरहेको बताए । उनले खेलकुद क्षेत्रको विकासकालागि आफु प्रतिवद्ध रहेको बताउँदै अनुशासित खेलका रुपमा रहेको तेक्वान्दोको विकासकालागि सबै क्षेत्रले सकारात्मक भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा बाँके तेक्वान्दो संघका संस्थापक अध्यक्ष श्रीमान थापा, लुम्बिनी प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष मोहन शोर्णकार लगाएतले तेक्वान्दो खेलको विकास र प्रवद्र्धनका लागि राज्यले विशेष कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

तेक्वान्दो संघ बाँकेका निवर्तमान अध्यक्ष मोहन वलीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा बाँकेको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा भाग लिएर पदक जितेका खेलाडीहरुलाई सम्मान समेत गरीएको थियो ।

  • १ भाद्र २०७८, मंगलवार १७:४७ प्रकाशित
  • Nabintech