१२ बैशाख २०८१, बुधबार
ईण्डो नेपाल क्रिकेट प्रतियोगिता
  • काँचुली खबर

कोहलपुर क्रिकेट मैदानमा संचालन भईरहेको ईण्डो नेपाल क्रिकेट प्रतियोगिताको सेमिफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै घरेलु टिम मध्यपश्चिम क्रिकेट क्लब र राजविर क्रिकेट एकेडेमी घोराही फाईनल चरणमा प्रवेश गरेका छन ।
प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न पहिलो खेलमा १ सय ६७ रनको बिशाल अन्तरले बिजयी हुँदै मध्यपश्चिम क्रिकेट क्लबले फाईनलको यात्रा तय गरेको हो । छिमेकी राष्ट्र हरियाणबाट प्रतियोगितामा सहभागी भएको टिमलाई मध्यपश्चिमका खेलाडीहरुले धुलो चटाएका हुन । टस जितेर ब्याटिङमा उत्रिएको मध्यपश्चिमले निर्धारित २० ओभरमा २ सय १८ रनको विशाल योगफल तयार पारेको थियो । जसकालागि अनुराग वलीले ४९ र दिपेन्द्र रावतले ४८ रन जोडेका थिए भने सन्दीप नेपाली र जिसन वर्माले समान ३० रन जोड्न सफल भएका थिए । त्यसैगरी टिमका कप्तान अजय साहनीले १७ र नितेश विष्टले १२ रन जोडेका थिए ।
हरियाणाका बलर पवन यादवले ३ विकेट लिएका थिए भने यस कुमारले २ विकेट लिन सफल भएका थिए ।
२ सय १९ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका हरियाणाका खेलाडीहरु ५१ रनमै प्याक भएका भए । निकै आक्रामक रुपमा प्रस्तुत भएका मध्यपश्चिमका बलरहरुको अगाडी हरियणाका खेलाडीहरु निरिह देखिएका थिए । उक्त खेलको म्यान अफ द म्याच मध्यपश्चिमका कप्तान अजय साहनी घोषित भए ।
त्यसैगरी बिहिबार नै सम्पन्न दोस्रो खेलमा गोरखपुर भारतको टिमलाई पराजित गर्दै राजविर क्रिकेट एकेडेमी घोराही फाईनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङकालागि मैदानमा त्रिएके गोरखपुरको टिमले १६ दशमलव ६ ओभरमा अलआउट हुँदै ३९ रनको स्कोर तयार पारेको थियो । राजविरका खेलाडी सन्देश पाण्डेले ह्याट्रिक गर्दै ५ विकेट लिएपछि गोरखपुरको टिम पुर्णरुपमा विक्षित देखिएको थियो ।
४० रनको झिनो लक्ष्य पाएको राजविरले ४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । राजविरका खेलाडी राहुल सिंहले जितकालागि एक्लै २९ रन प्रहार गरेका थिए । खेलको म्यान अफ द म्याच ५ विकेट लिन सफल सन्देश पाण्डे घोषित भए ।
कोहलपुरस्थित निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने फाईनल खेलमा मध्यपशिच्म र राजविर एकेडेमी घोराही आमनेसामने हुने भएका छन । प्रतियोगिता अन्तर्गत आज फाइृनल खेल खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा २ बिदेशी सहित ६ टिमले सहभागीता जनाएका थिए ।

  • १४ असार २०७५, बिहीबार १९:४८ प्रकाशित
  • Nabintech