६ बैशाख २०८१, बिहीबार
महिला भनेको योनि मात्रै हो ?
  • काँचुली खबर

हिजो आज म हरेक दिन रात नारी अस्तीत्व र पहिचान खोजिरहेकी छु । तर किन हो कहिँ कतै भेट्न सकिरहेकी छैन । अनगिन्ती प्रश्न र जिज्ञासा कहिले आफैलाई सोध्छु कहिले अरुलाई ।

तर पनि जवाफ पाउन सकेकी छैन । प्रत्येक दिन, प्रत्येक क्षण भइरहेका बलात्कार र लैंगिक हिंसाका घटनाहरूले यो समाज कता जाँदैछ रु भन्ने सोच्न बाध्य बनाउँछ ।

सामाजिक सञ्जाल र समाचार पोर्टलहरूमा प्रकाशित समाचारका प्रतिकृयाहरू हेर्दा लाग्छ, त्यो सबै महिलालाई गाली गर्न र मजाकमा उडाउनलाई बनेको हो ।

कहिले चलचित्रलाई मसला चाहिएर त कहिले पत्रिकालाई मसला चाहिएर महिलालाई माध्यम बनाउने अनि त्यसलाई हेरेर भेडाको हुल जसरी महिलालाई तथानाम गाली र शिष्टाचार विरुद्धका अभिव्यक्ति देख्दा मेरो मनमा प्रश्न उठ्दछ, के हाम्रो समाजको नैतिकता हराएको नै हो त ?

के यो समाजले महिलालाई योनि र स्तनको मासुको थुप्रो भन्दामाथि केही मान्दैन ? के धेरै पुरुषहरूको मानसिकतामा महिला भनेको केवल योनि मात्र हो भन्ने भावना जाग्छ ? हैन भने किन हरेक क्षण सामाजिक सञ्जालमा महिलालाई अपमान गर्दा सबै चुप छन् ? त्यसमा झन् सम्बन्धित सबै निकायको मौनताले त अपराधीको मनोबल बढेको छ ।

सामाजिक सञ्जालमा जो कसैलाई पनि गाली गर्नु विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तरगतको अपराध हो । विशेषगरी महिलाहरू नै यसको शिकार हुने गरेका छन् ।

कतिसम्म भने कुनै पुरुषसँग रिस उठे पनि फलानाको छोरा वा श्रीमान् भनि नैतिकता र शिष्टाचार विरुद्धको भाषा प्रयोग गरिएको देखिन्छ । सूचना तथा प्रविधिको सदुपयोगले संसारका धैरै देशले धेरै प्रगति गरिसकेका छन् तर हामीलाई भने सामाजिक सञ्जाल बाँदरको हातमा नरिवल भएको छ ।

महिला वा पुरुष जो सुकै होस् । हरेकले सम्मानपूर्वक बाँच्न पाउनु पर्दछ । मेरो आमाको, छोरीको, दिदीको, श्रीमतीको मात्र हैन प्रत्येकको आमाको, छोरीको, दिदीको, श्रीमतीको सम्मान गर्नु पर्दछ भन्ने समेत चेतना नभएका कट्टुभित्रको एक पाउ मासुको घमण्ड गरिरहेका नरपिचाशहरूका कारण आज महिलाहरूले सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिहरू पोस्ट गर्न पनि डराउनुपर्ने अवस्था सृजना भएको छ ।
त्यसैगरी पुरुषहरूले मात्र हैन कतिपय अवस्थामा महिलाहरूले समेत महिलालाई नैतिकता र शिष्टाचार विरुद्धको भाषा प्रयोग गरेका अभिव्यक्तिहरू सम्प्रेषण वा सेयर गरेको देखिन्छ ।

के भन्दछ नेपालको संविधान ?

नेपालको संविधानको धारा १६९१० मा प्रत्येक व्यक्तिलाई ‘सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक’ संरक्षित गरिएको छ । ‘सम्मानपूर्वक बाँच्न पाउने’ भन्नाले Life with Dignity को हक हो ।

सम्मानपूर्वक भन्नाले प्रत्येक व्यक्तिको आफ्नो इच्छाअनुसार कसैको दवाव, धम्की, प्रभाव वा डरमा नपरी आफ्नो शरीर, सम्पत्ति र बासस्थानमा गोपनियताका साथ रहन पाउने र कसैले अतिक्रमण गर्न नपाउने र सुरक्षित जिन्दगी जिउने हक हो ।

प्रत्येक नागरिकले आ–आफ्नो इच्छा अनुसार आ-आफ्नो प्रतिष्ठा कायम गरी बाँच्न पाउनु पर्छ भन्ने हो । साथै नागरिकको शरीर, सम्पत्ति, बासस्थान र क्रियाकलापको गोपनियता एवं अनतिक्रम्यताको संरक्षण गर्ने कर्तव्य सरकारको हो ।

प्रत्येक नागरिक जन्मदा नै स्वतन्त्र भएर जन्मछ । उसले कानुनले अपराध भनी परिभाषा गरेको काम नगरुन्जेल उसको स्वतन्त्रतामा रोक लाग्न सक्दैन । तर कहिलेकाहीँ कसैले आफ्नो स्वतन्त्रताको दुरुपयोग गरी अरु कसैको अनतिक्रम्य सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि आक्रमण गर्न सक्छ ।

त्यस्तो कार्य हुन नदिनु सरकारको दायित्व हो । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालिका उपर भएका यस्ता असामाजिक तथा अमर्यादित टिका टिप्पणीहरूले महिलाको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक कुण्ठित हुन पुगेको छ ।

 

के यो समाजले महिलालाई योनि र स्तनको मासुको थुप्रो भन्दामाथि केही मान्दैन ? के धेरै पुरुषहरूको मानसिकतामा महिला भनेको केवल योनि मात्र हो भन्ने भावना जाग्छ ? हैन भने किन हरेक क्षण सामाजिक सञ्जालमा महिलालाई अपमान गर्दा सबै चुप छन् ?

 

प्रत्येक घर, प्रत्येक समाज, प्रत्येक टोल, प्रत्येक वडा र प्रत्येक घर भित्र बस्ने परिवारको आफ्नो जीउधन र स्वतन्त्रता सदा अनतिक्रम्य र संरक्षित रहनुपर्दछ । तबमात्र ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ सार्थक हुन्छ ।

प्रत्येक व्यक्ति सडकमा भयमुक्त र अपराध मुक्त वातावरणमा हिँड्न पाउनु पर्छ । एकको शरीर वा सम्पत्ति अर्कोले अतिक्रमण गर्न पाउँदैन । त्यसैगरी आफ्नो नागरिकको शरीर, घर समाज टोल सडक संरक्षित राख्ने संवैधानिक दायित्व पनि सरकारको हो ।

महिला उपर भएका यस्ता असामाजिक तथा अमर्यादित टिका टिप्पणीहरूमा प्रहरीबाट अग्रसक्रिय ९एचय ब्अतष्खभ० अपराध अनुसन्धान नहुँदाको अवस्थामा महिलालाई नेपालको संविधानको धारा १६९१० ले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक मात्र हनन् हुने नभई त्यस्तो कार्यले महिलाहरूको धारा १८९१० ले दिएको समानताको हकको समेत हनन् हुन पुग्दछ ।

धारा ३८ मा महिलाको हक र सोही धाराको उपधारा ९३० मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ ।

त्यसैगरी धारा ३९ मा बालबालिकाको हकको व्यवस्था छ र सोही धारको उपधारा ९७० मा कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य किसिमको यातना दिन पाइने छैन भन्ने व्यवस्था गरी बालबालिकालाई घरेलु हिंसावाट समेत संरक्षण गर्ने हक उल्लेख छ ।

के भन्दछ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले ?

विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ को दफा ४७९१० ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भनि उल्लेख गरेको छ ।

त्यसैगरी उपदफा ९२० ले कुनै व्यक्तिले उपदफा ९१० बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ भनि उल्लेख गरेको छ ।

यस ऐनको दफा ७४ अनुसार कसुर भएको वा कसूर भए गरेको थाहा पाएको मितिले पैंतीस दिनभित्र उजुर गर्नु पर्ने हदम्याद छ ।
यो ऐनको दफा ७५ ले यस ऐन बमोजिम कसूर ठहर्ने मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ भनि उल्लेख गरेको छ ।

अतः कसैलाई लाग्न सक्ला म त संसारको कुनामा छु । इन्टरनेटमा लुकेर जे पनि लेख्न सक्दछु । मलाई कसैले केही गर्न सक्दैन । म त सुरक्षित छु । तर माफ गर्नु होला तपाईको भ्रम त्येतीबेरसम्मको लागि मात्रै हो, जति बेरसम्म तपाईको विरुद्ध उजुरी प्रहरीकोमा पुग्दैन ।
अन्याय गर्ने भन्दा अन्याय सहनु पाप हो । त्यसैले हामी सबैले यस्ता नाङ्गो मानसिकता विरुद्ध आवाज उठाउन आवश्यक छ ।

नेपाल प्रहरीले पनि विशिष्ट व्यक्ति विरुद्ध दिएका अभिव्यक्तिमा मात्र तत्काल अनुसन्धान गरी कारवाही गर्ने तर आम व्यक्तिको शिष्टार विरुद्धको अभिव्यक्तिलाई कारवाही गर्न जाहेरी कुरेर बस्ने व्यवाहर हटाउनु पर्दछ ।

नेपाल प्रहरी आफैले यस्ता कृयाकलाप विरुद्धमा प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान सुरु गरी कसुर गर्ने व्यक्तिहरू कारवाही गर्न अत्यन्त आवश्यक भएको छ । आफुलाई मन नपरेको अभिव्यक्तिमा तर्क गर्न पाइन्छ तर कसैलाई पाङ्ग्रो गाली गर्न पाईदैन ।

कसैको व्यक्तिगक्त जिवनको खिल्ली उडाउने वा कसैको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जाल गाली गर्न पाईदैन । सामाजिक सञ्जालमा तथानाम गाली गर्ने प्रवृतिप्रति शून्य सहिष्णुता अपनाउनु पर्दछ ।

 

साभार : महिला खबर

  • १४ असार २०७५, बिहीबार १७:१९ प्रकाशित
  • Nabintech