१५ चैत्र २०८०, बिहीबार
वर्थ डे पार्टी मनाउन पूर्वराजा ज्ञानेन्द्र बाँके आँउदै
  • काँचुली खबर

पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोजिएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नाे ७२ औ जन्मोत्सव मनाउने तयारी गरेका छन । नेपालगंजको सोल्टी होटलमा भब्य समारोहका बिच जन्मदिन मनाउने तयारी भइरहेको हाेटल स्रोतले जनाएको छ । देशभरका राजावादीहरुलाई नेपालगंजमा भेला गराएर जन्मोत्सव मनाउने तयारीमा रहेका  पूर्वराजा ज्ञानेन्द्र असार २० गते नेपालगन्ज आउने भएका छन ।

तीनटुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतालाई भेटेर पार्टी एकीकरण गर्न आग्रह गरेका पूर्वराजाले नेपालगन्जमा मनाउन लागिएको जन्मोत्सवलाई पूर्व राजावादीले अति महत्वको रुपमा हेरेका छन् । जन्मोत्सवमा मध्य र सुदूरपश्चिमका सबै राजावादी भेला हुने भएका छन् । राजधानीमा रहेका राजावादीहरु १७ गतेदेखि नै नेपालगंज आउने स्रोतले बतायो ।

पूर्वराजाको रेकी र कन्भेसहितको सवारी साधन १७ गते नै नेपालगन्ज पुग्ने छ । पूर्वयुवराज्ञी हिमानीसहितको टोली २२ गते नेपालगन्ज पुग्नेछन् । पूर्वमुमा वडामहारानी रत्नबाहेक सम्पूर्ण राजपरिवारका सदस्य नेपालगन्ज पुग्ने तयारी गरेका छन् । पुत्र पारस समेत नेपालगंज जाने कार्यक्रम रहेको छ । बुढ्यौलीको कारण आमा रत्न नेपालगन्ज आउन नसक्ने बताईएको छ ।

पूर्वराजाको जन्मोत्सवमा शुभकामाना दिन तीनैवटा राप्रपाका नेताहरु नेपालगन्ज आउने तयारीमा छन् । एक दशक लामो इतिहासमा पूर्वराजाले आफ्नो मुद्दा बोकेका तर तीन टुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतासँग भेटेर मुलुकमा राजनीतिक सक्रियता आवश्यक भयो भन्दै नियमित बैठक गर्दै आएका छन् ।

गोप्य रुपमा विभिन्न पार्टीसँग आन्तरिक छलफल सुरु गरेका पूर्वराजाले आफ्नो जन्मदिनमा सबै राप्रपालाई मिलेर अघि बढ्न सन्देश दिने सम्भावना रहेको स्रोतको भनाइ छ । पूर्वराजाको जन्मोत्सव मनाउन मध्य र सुदूरपश्चिमका राजावादीले तयारी थालेका छन् ।

 

  • १४ असार २०७५, बिहीबार ०९:३३ प्रकाशित
  • Nabintech