काठमाडौँ । विश्वकप फुटबलमा मंगलबार धेरैका लागि बहुप्रतीक्षित दिन हो। साविक विश्वकप उपविजेता अर्जेन्टिना नकआउट चरणमा पुग्ने या समूह चरणबाटै बाहिरिने त्यसको टुंगो आज राती लाग्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
प्रतियोगितामा समूह डीबाट क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अर्को सहभागीताका लागि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना तीनै टिमको सम्भावना रहेकाले मंगलबारको खेल महत्वपूर्ण हुनेछ। अर्जेन्टिना अहिले निकै कठिन अबस्थाको सामना गरिरहेको छ। आइसल्याण्डसँग बराबरी खेलेको तथा दोश्रो खेलमा क्रोएसियासँग पराजित भएकाले अर्र्जेन्टिनाको नकआउट प्रवेश संकटमा परेको हो । दुई खेलमा एक बराबरीका कारण एक अंक मात्र भएकाले अर्जेन्टिना मंगलबार नाइजेरियालाई हराउँनै पर्ने दवाबमा छ। नकआउट प्रवेशका लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नुपर्ने छ भने अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई पराजित गरे अर्जेन्टिनालाई सहज हुनेछ। तर, क्रोयसियालाई आइसल्याण्डले हराए अर्जेन्टिनालाई फराकिलो स्कोरको जित आवश्यकता पर्नेछ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२ असार २०७५, मंगलवार १३:२५ प्रकाशित