१४ बैशाख २०८१, शुक्रबार
हंसपुर नगरपालिकाका मेयर र उपमेयरबीचको बिवाद चरम उत्कर्षमा
  • काँचुली खबर

प्रमोद कुमार साह
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयबीचको बिवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयदेखि मेयर र उपमेयरबीच रहँदै आएको मतभेद हालै बाहिरिएको छ । उपमेयर रेणु झा सार्वजनिक रूपमा नै मेयरको खरो बिरोधमा उत्रिएपछि घटना खुलासा भएको हो । “मलाई नास्ता र पानी पनि वन्द गरिएको छ, मेरै अगाडि सबैले कार्यालयकै पैसामा नास्ता खान्छन तर मलाई कसैले वास्ता गर्दैनन्, मलाई महिला भनेर अपमान गरिदै छ ”। हंसपुर नगरपालिकाको दोस्रो नगरसभाको खुल्ला मञ्चमा नै उपमेयर झाले मेयर रामज्ञान मण्डलले आफूमाथि बिभेद गरेको आरोप लगाउनुभयो । निकै आक्रोशित रूपमा प्रस्तुत हुनुभएकी झाले नगरपालिकाको दोस्रो नगरसभाको लागि कार्यालयमा बैठक समेत नबसाई आफ्नो मनमौजी गरेर मेयर रामज्ञान मण्डलले नगरसभा र बजेट ल्याएको समेत आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, “आफू अत्यधिक मतका साथ उपमेयरमा विजयी भएपनि अहिले कार्यपालिकामा अधिकार विहीन रहेकी छु”। न्यायपालिकाको संयोजक आफू रहेपनि कुनै किताव कतै उल्लेख गरिएको छैन । दुबै जना राजपा नेपालबाट नै जितेकोे हुनाले पार्टीको मान मर्यादाका लागि आफू मुख थुनेर बसेको छु ।” तत्काल ब्यवहार सच्याउन पनि मेयर मण्डललार्इ उहाँले आग्रह गर्नुभयो ।

उपमेयर झाले छात्राहरुका लागि साइकल बितरणको लागि छुटयाइएको १८ लाखको बजेट त मासियो तर अहिलेसम्म साइकल बितरण नभएको उहाँको आरोप छ । नगरपालिकाको कार्यालय पायक पर्ने स्थानमा दुर्इतिहाईको बहुमतले राख्ने प्रावधान अनुरुप हंसपुर चौकमा कार्यालय राख्ने बहुमतका साथ पास भएपनि कार्यालयलाई कसरी पुनः निकाल टोल लगियो भनेर प्रश्न गर्दै आफू अनुकुलका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरेर मेयरले तानाशाही प्रवृति देखाउन खोजे कडा बिरोधमा उत्रिने समेत चेतावनी दिनुभयो ।

हंसपुर नगरपालिकाको कार्यालय राख्ने विषयमा मेयर र उपमेयरको विवाद ले केहि समय पहिले उग्ररुप लिएको थियो । नगरपालिकाको साविकको कार्यालय बघचौडामा नै राख्नुपर्ने दवाव स्वरुप उपमेयर झाले अनसन समेत बस्नु भएको थियो ।

एकै पार्टीबाट विजयी भएका मेयर र उपमेयरको विवादले पार्टीको शाखमाथि आएपछि राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डलले बिबाद मिलाउने प्रयास गर्नुभएको थियो ।उपमेयरले मेयर विरुद्धको अभिव्यक्ति दिइरहँदा मञ्चमै राजपा नेपालका प्रदेश नं २ का संसदीय दलका नेता तथा भौतिक पुर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनल र राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य तथा प्रदेशसभा सदस्य परमेश्वर शाह पनि उपस्थित हुनुहुन्थ्यो।  यता मेयर मण्डलले भने आफूले कसैमाथि पनि बिभेद नगरेको दाबी   गर्दै आउनुभएको छ । झाले घरायसी झगडाको बिषयलार्इ सार्वजनिक गरेर ब्याकमेलिङ गर्न खाजेको आरोप लगाउनुभयो । ब्यक्तिगत लेनदेनको विषयमा आफूहरूबीच सामान्य बिबाद रहेपनि सार्वजनिक रूपमा उपमेयरमाथि बिभेद नगरेको मेयर मण्डलले दाबी गर्नुभयो ।

  • १२ असार २०७५, मंगलवार १३:२३ प्रकाशित
  • Nabintech