१५ चैत्र २०८०, बिहीबार
पकौडा बेचेरै ५ जनाको परिवार पाल्छिन् कमला
  • काँचुली खबर

कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा बेच्दै आएकी छन । पकौडा बनाएर बेच्ने बाहेक अन्य कुनै ब्यवसाय नभएको बताउने कमला बिगत ८ वर्षदेखि कोहलपुरमा रहेको कृषि उपज बजार केन्द्रमा लाग्ने मेलामा खाने कुरा बनाएर बेच्दै आएकी छिन ।

मेला लाग्ने दिनमा कमलाको दिनचर्या ग्राहकलाई कसरी खुसी बनाएर बढि ब्यवसाय गर्ने भन्ने मै बित्छ । उनले हप्ताको ३ दिन सो ब्यवसाय गरेर महिनाभरी रु. ३० हजारदेखि ४० हजारसम्मको बचत आम्दानी गर्ने बताउँछिन । २ छोरा र एक छोरीकी आमा रहेकी कमलाले यहि ब्यवसाय गरेरै काठमाण्डौमा एक छोरालाई आईटीमा स्नातक पढाईरहेकी छिन भने एक छोरीलाई काठमाण्डौं मै कक्षा ११ मा विज्ञान बिषय पढाईरहेकी छन ।

उनका एक छोरा कोहलपुरमै रहेको राम्रै निजि विद्यालयमा कक्षा ८ मा पढ्दै छन । आप्mनो र छोरा छोरीको लालन पालन र शिक्षा दिक्षाको खर्च यसै ब्यवसायबाट पुगेको बताउने कमलालाई आत्मसन्तुष्टि रहेकाले सकुन्जेल यहि ब्यवसाय गर्ने बताउँछिन । आप्mना श्रीमान भारतको एक कम्पनीमा काम गर्ने गरेको र उनको आम्दानी खासै नहुने भएकाले यहि ब्यवसायबाट घरपरिवारको खर्च पुर्याउन बाध्यता रहेको उनको दुखेसो छ ।

  • १२ असार २०७५, मंगलवार ०७:३२ प्रकाशित
  • Nabintech