११ बैशाख २०८१, मंगलवार
आयोजक रसियालाई हराउँदै उरूग्वे बन्यो समूह विजेता
  • काँचुली खबर

विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो । दुबै टोली यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका थिए ।

खेलमा उरुग्वेले १० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । २३ औं डेनिस चेरसेवले आत्मघाती गोल गरेपछि उसको अग्रता दोब्बर भयो । डिएगो लक्सल्टको प्रहार उनको खुट्टामा लागेर गोलमा परीणत भएको थियो । ३६ औं मिनेटमा घरेलु टोलीलाई अर्को झड्का लाग्यो । उसका डिफेन्डर इगर मोलनिकोवले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए । उनी दक्षिण अफ्रिकाका कुन पछि रातो कार्ड पाउने विश्वकप आयोजक देशका खेलाडी बनेका छन् ।

दोस्रो हाफमा रुसले केही सम्हालिएर प्रदर्शन गरेपनि गोल गर्ने केही अवसर खेर फाल्यो । निर्धारित समयको अन्तिम मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाएका छन् । समूह चरणको तीन वटै खेल जितेको उसको ९ अंक भएको छ भने रसियाको ६ अंक छ । समूह चरणबाटै बाहिरिएका साउदी अरेबियाले अन्तिम खेलमा इजिप्टलाई २-१ ले हराएको छ ।

  • ११ असार २०७५, सोमबार २२:३४ प्रकाशित
  • Nabintech