१५ चैत्र २०८०, बिहीबार
झेलुङ्गे पुलको उद्घाटन
  • काँचुली खबर

बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो ।
बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन गरेकी थिइन् । बानीयाभार झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले १८ लाख ५७ हजार लागतमा उक्त पुल निर्माण गरेको हो । स्थानिय भगवती शाहको अध्यक्षतामा गठन गरिएको समितिले निर्माण गरेको उक्त पुलमा स्थानीयहरुले १ लाख ३६ हजार बराबारको जनश्रमदान गरेका थिए । त्यस्तै पुन निर्माणकैलागि भक्त बहादुर रावलले करिब २ लाख मुल्य बराबरको १० धुर जमिन उपलब्ध गराएका थिए ।


झोलुङ्ग पुलको अभावका कारण बालबालीकाहरु वर्षाको समयमा अध्ययन गर्न जान कठिनाई भोग्दै आएका थिए । पुल निमार्णसँगै स्थानीय बोरिङ बस्ति लगायत क्षेत्रका बालबालिकाहरु सहज रुपमा विद्यालय जान सक्ने बताईएको छ ।

  • ११ असार २०७५, सोमबार २१:११ प्रकाशित
  • Nabintech