उनी आफ्नो बिगत को त्यो दिन सम्झंदै लेख्छन
केहि बर्षअगाआज अलि रमाईलो कुरा याद आयो !
केहि बर्षअगाडी म अमेरिका यानकी काठमाण्डौ गएको थिएँ
एउटी मोडल केटिसँग फोनमा निकै कुरा हुन्थ्यो !
म काठमन्डु आएको थाहा पाएपछि भेट्ने ईच्छा गरिन मैले पनी हुन्छ भने
हाम्रो कमलादीमा भेट भयो फेशबुकका फोटा त निकै आकर्शक थिए छोटा छोटा लुगाका थिए सायद पुस मैना भएर नी होला ग्वाम्मको स्विटर पाएन्ट मखुलर लगाएर आएकी रैछ !
अनी उस्ले भेट्नेबित्तिकै भनी ओहो तपाँई त कस्तो फेशबुक र लाईभ मा ठ्याक्कै उस्तै !
म हाँसे मात्रै ।
उस्ले खाजा खान जाँउ भनी
दरबार स्क्वाएर मा लगी
भित्र पसियो
के खाने हजुर भनी ?
मैले तिम्रो ईच्छ्या !
भनेपछि उसले चकलेट खाम है भनी ,
खाजा खान आको कि चक्लेट खान आको हामी भनेको त ,
अबुई चकलेट खानुभाछैन भन्छे ,
मैले फुर्तिका साथ भने
केटाकेटीमा चकलेट धेरै खाएर दाँत किराले खाईसकेको छ कस्तो नखानी हो र ?
उसले मुस्काउँदै भनी हि हि कोल्ड चकलेट खानेकी हट ?
मैले कोल्ड भने
म पाखेलाई के थाहा जाडाँ तातो खान पर्छ भनेर
एकछिन पछि वेटर ले चकलेट ल्याउला भनेको त लामा लामा बाँसका ढुम्रा जस्ता गिलाँसाँ मोई जस्तो सुईरो हालेर लिएर आयो
ए आमा हो हाम्रा गाम मा चकलेट त पलास्टि मा बेरेका पिरे मिठ्याँई भिस मिठ्याँई सुन्तला मिठ्याँई यस्तो पाईन्थ्यो त्याँ त
मोई पकार चिनि हालेजस्तो झोल लाई चकलेट भन्दा रैछन शहर भनेको शहरै रैछ
त्यै पनी एउटा चकलेटको नब्बे रुपियाँ हाम्रा पालाँ त एक रुपिँयाको नौ वटा पिपलगेडी आम्थे ,
हिजो पोखरामा एउटि दिदिले चकलेट खाम भाई भनिन मैले हुन्छ हट है मलाई त भनेर हत्तरपत्तर भनेको यस्तो जाडोमा
कोल्ड कोल्ले खान्छतनी भनिन । अलि जान्नी भाछु आजभोली त गाम्ले भनेर नहेप ।
१६ मंसिर २०७४, शनिबार १५:३५ प्रकाशित