१५ बैशाख २०८१, शनिबार
विश्वकपमा इंग्ल्याण्डको कीर्तिमानी जित
  • काँचुली खबर

विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकालेको छ । ६(१ ले हराएर जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनायो ।

सन् १९८६ मा पाराग्वे र पोल्याण्डलाई साथै सन् २००२ मा डेनमार्कलाई ३-० ले हराएपछि यो नै इंग्ल्याण्डको ठूलो अन्तरको जित हो ।

इंग्ल्याण्डका लागि कप्तान हृयारी केनले ६३ औँ मिनेटमा मैदान बाहिरिनु अघि हृयाट्रिक पूरा गरे । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

रसिया विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा अगाडि आएका उनी विश्वकपमा हृयाट्रिक गर्ने इंग्ल्याण्डका तेस्रो खेलाडी पनि हुन् । यसअघि इंग्ल्याण्डका लागि १९६६ मा जियोफ रस्ट र १९८६ मा ग्यारी लिन्करले हृयाट्रिक गरेका थिए ।

खेलमा इंग्ल्याण्डले आठौं मिनेटमा स्टोन्सको गोलबाट अग्रता लिएको थियो । यस्तै ३६ मै मिनेटमा लिंगाडले गोल गरेका हुन् ।

पानामाका लागि फिलिप बालोयले खेलको ७८ औं मिनेटमा गोल गरे । खेलमा ६२ प्रतिशत समय बल इंग्ल्याण्डको नियन्त्रणमा थियो । इंग्ल्याण्डले प्रहार गरेका ११ सटमा ७ सट पोस्टको दिशामा थिए । यस्तै पानामाले प्रहार गरेका ६ सटमा दुई सट पोस्टको दिशामा थिए ।

इंग्ल्याण्डको जितसँगै समूह ‘जी’ बाट इंग्ल्याण्ड र बेल्जियम अघिल्लो चरणमा पुगेका छन् ।

विश्वकपमा हृयारी केनको हृयाट्रिक


विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गरेका छन् ।

उनले आइतबार पानामाविरुद्ध हृयाट्रिक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् । रुस विश्वकपमा यो दोस्रो हृयाट्रिक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।

साथै सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस खेलाडी हुन् ।

  • १० असार २०७५, आईतवार २०:२७ प्रकाशित
  • Nabintech