७ बैशाख २०८१, शुक्रबार
भु.पु. सैनिकहरुले समान सेवा सुबिधा नपाएको गुनासो
  • काँचुली खबर

नेपाली मुलका भारतीय भु.पु. सैनिकहरु सेबा सुबिधा भारतीय सैनिकको सरह नभएको गुनासो गरिएको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व भारतीय सैनिकहरुले सो कुरा बताएका हुन ।
भारतीय सेनामा काम गरि भुतपुर्व जीवन बिताईरहेका पौने ३ लाख नेपालीहरुले भारतीयले बराबर कुनै चिजमा पनि सेवा र सुबिधा नपाएको गुनासो गरे ।
नेपाल भु.पु. सैनिक बिकास समिती बाँकेका अध्यक्ष भीम रानाले भुपुहरुलाई पहिला १|१ महिनामा पेन्सन दिने गरिए पनि पछिल्लो समय ६|६ महिनामा मात्र दिने ब्यबस्था गरिएकोमा दुःख ब्यक्त गरे । उनले भने अब ६ महिना सम्म भु.पु. सैनिकहरुले आफू र आफ्ना परीवारलाई कसरी पाल्ने ? त्यो ६ महिना सम्म भुपुको नाममा जम्मा भएको रकमको ब्याज कहाँ जान्छ ? कसले चलाउँछ ?


मेडिकल सुबिधाका नाममा भारत सरकारले प्रत्येक भुपुको पेन्सनबाट मासिक १६०० का दरले काट्दै आएको छ । त्यस्तै प्रत्येक भुपु सैनिकबाट भारत सरकारले बार्षिक रुपमा १९ हजार २०० का दरले कर काट्ने गरेको तर ती सबैको हिसाब किताब कसैलाई थाहा नहुने उनले बताए । उनले आफ्ना यी समस्याका बारेमा पटक-पटक नेपाल सरकार र भारतीय दूतावासलाई जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको दुखेसो पोखे । भारतीय सेनामा कार्यरत रहँदा बिरगती प्राप्त गरि पाएका तक्माहरुमा पनि भारतीय र नेपाली भुतपूर्व सैनिकहरुमा धेरै भेदभाब हुने गरेको रानाले बताए ।

  • १० असार २०७५, आईतवार २०:१२ प्रकाशित
  • Nabintech