११ बैशाख २०८१, मंगलवार
कोभिड-१९ माहामारीमा पशुचिकित्साकर्मी कसरी सुरक्षित रहने
  • काँचुली खबर

विश्वव्यापी कोभिड-१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए. नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैलीराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण उत्पन्न गराउछ जसका कारण यस भाइरसलाई सार्स कोरोना भाइरस-२ पनि भनिन्छ ।

मानिसमा रोगको लक्षण :

कोभिड-१९ रोगको कारण मानिसहरुमा स्वास नलीमा संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाटीमा खसखस हुने, टाउको दुख्ने सामान्य लक्षण देखिन्छ । यसपछि रोगीलाई सास लिन गाह्रो या तिव्र गतिमा स्वास चल्ने, खोकी लाग्ने जस्ता लक्षण देखिन्छ । जुन प्राय जसो केटाकेटीहरुमा बढी देखिन्छ । तर प्रौढहरुमा भने धेरै जसोमा ज्वरो आउने र स्वास सम्वन्धी लक्षण मात्र देखिन्छ । यदि यो स्थिती केटाकेटीमा भयो भने तीनलाई खोकी लाग्ने, आमाको दुध चुस्न तथा पेय पर्दाथ पिउन असर्मथ हुने, शारीरिक थकाई शिथिलता तथा तीब्र स्वासको गती जस्ता लक्षणहरु देखिन्छ । रोगीको शारीरिक स्थिती अझ गम्भिर भएमा एकयुट रेस्पायरेटरी डिस्ट्रेस सिन्ड्रोम हुन जान्छ । रोगीको स्थीती बिग्रेमा उसको शरीरको अन्य अंगहरु प्रभावित हुन थाल्दछ । व्यस्कहरुमा मानसीक स्थिरता भंग हुनु, सास फेर्न गाह्रो हुनु, मुत्र बिर्सजनमा कमी, तेज हृदय गती या न्युन रक्तचाप इत्यादि सम्मीलीत छन् । त्यसैगरी केटाकेटीहरुमा तापमान तथा स्वेत रक्तको कणिकाहरुको संख्यामा असमानता देखिन्छ । अत्याधिक गंभिर अवस्थाको बेला वयस्कहरु उच्च रक्तचाप बनि रहि रहनु तथा केटाकेटीहरुमा मानसीक भम्र तथा उच्च रक्तचापको लक्षण देखिन्छ ।

रोगबाट बचाउ :

कोभिड-१९ को संक्रमणका कारण मानीसमा तीव्र गतिमा संकमण हुन्छ तर तथ्याङ्ग अनुसार मृत्यु दर भने कम हुन्छ भनिन्छ । तर यसपटकको महामारीको प्रकृती हेर्दा भने चिकित्सा विज्ञानले भनेजस्तो टेस्ट बुक टेल्सलाई (Text books tells lie) होला जस्तो छ । कुनै पनि व्यक्तीले यस महामारीलाई हल्का रुपमा लिनु हुदैन । निति निर्माता एवं नियमनकारी निकायले पनि अझ सेवा प्रवाही निकायको भुमीका महत्वपूर्ण हुन जान्छ । किनभने विश्वमा कोभिड-१९ को भईरहेको परिक्षणमा अलाक्षणिय विरामीहरुको अनुपात धेरै संख्यामा पाइएको छ । यस्ता ब्यक्ती धेरै जसो प्रौढहरु देखिएका छन । यस रोगको संक्रमणबाट बच्नका लागी फेस माक्स लगाउनुका साथै एक अर्काबाट २ मिटर टाढा, पटक पटक कम्तीमा २० सेकेन्डसम्म हातहरु साबुन पानीले धुने, आवश्यक परेमा हातहरुमा पन्जा लगाउने, भीडभाड हुने ठांउमा जानबाट बच्ने, अफवाहरु तीर ध्यान नदिने इत्यादिबाट बचाउ सम्भव छ ।

पशुहरुमा कोभिड-१९:

हालाकी डिसेम्वर २०१९ को अन्तमा मानिसहरुलाई प्रभावीत गर्ने यस रोगले पशुहरु खास गरि कुकुर, बिरालो, बाघहरुलाई संक्रमित गराएको केहि प्रमाण पाइएको छ । तर अहिलेसम्म पशुहरुबाट मानिसहरुमा फैलिएको कुनै प्रमाण भेटिएको छैन । तर पशुहरुमा अन्य धेरै किसिमका कोरोना भाइरस अवश्य छन्, जुन सजिलै पशुहरु तथा मानिसहरुलाई प्रभावित गर्दै आएका छन् । त्यसैले यो ध्यान दिन योग्य कुरा छ कि कोभिड-१९ संक्रमित रोगीहरुले पशुहरुको सम्पर्कमा आउनबाट बच्नु पर्छ । अन्यथा यस भाइरसले पशुहरुमा प्रवेश प्रान्त आनुवांशीक परिवर्तन भई गम्भीर उपभेद उत्पन्न हुने संभावनालाई नर्कान सकिन्न ।

पशु स्वाथ्यकर्मीहरुको पशु सेवा:

पशुहरुमा कोरोना भाइरसको संक्रमण एवं यस महामारीको बेला पशुपालकहरुलाई हुन सक्ने समस्याहरुलाई कम गर्नका लागि पशु स्वाथ्यकर्मीहरुको विशेष भुमिका रहेको छ । जुन विश्वव्यापी माहामारी कालमा पनि बेजुवान पशुहरुको सेवा गरेर पशुपालकहरुलाई पूर्ण सहयोग गर्दछन् । बेशक अहिलेसम्म कुनै पनि पशु स्वाथ्यकर्मीहरुलाई यस रोगको संक्रमण भएको रिर्पोट भेटिएको त छैन तर उचित बचाउका उपाय अवलम्वनमा हेलचेक्रयाई नगर्दा नै बेस ।

पशु स्वाथ्यकर्मीहरुको पशुपालक प्रेम:

यस कठिन बेलामा पनि पशुपालकहरुको सेवाका लागि तीनको पशुधन उत्पादनहरुलाई प्रोत्साहित गरि राखेका छन् । हालाकी ग्रामीण क्षेत्रमा पशुहरुका लागि हरियो घास आहाराको दुःख परेको छैन तर दाना मिश्रणको लागि उनीहरुलाई बजारमा भर पर्नुपर्ने हुन्छ जहाँ तीनलाई सजिलैसँग कोभि-१९ को संक्रमण हुने खतरा छ । तीनको सम्पर्कमा आउनले पशुस्वाथ्यकर्मीलाई पनि यस रोगको चपेटामा आउन सक्ने जोखिम छ । त्यसैले पशुपालकहरुले पनि जुन बेला पनि घर बाहिर निस्कनु परेमा फेस माक्स लगाउनु पर्ने हुन्छ । बजारमा किनमेल गर्दा एक अर्काबाट २ मिटर टाढा बस्ने, बिभिन्न सतहहरु छुनबाट बच्ने, बेला बेलामा आपmनो हातहरु साबुन पानीले धुने तथा हातहरुमा हैण्ड सेनिटाइजर लगाउदै रहने, एक अर्काको हात मिलाएर अभिवादन गर्नुको साटो दुई हात जोडेर प्रणाम गर्ने वा हात उठाएर अभिवादन गर्ने । यसै गरि पशुस्वाथ्यकर्मीले पनि माथी उल्लेखित कुराहरु अनुशरण गर्नुपर्ने हुन्छ । यो तथ्य छ कि “हिजो जिउदो थियौँ त्यसैले त आज छौं, आज भए पो भोलि रहौला नत्र भोलि कसले देख्यो कि बाँची रहौँला” ।

पशुस्वाथ्यकर्मीहरुको कोभिड-१९ माहामारी विपद प्रवन्धन :

यद्यपी बेला बेलामा विभागीय प्रशिक्षणहरुको माध्यबाट पशुस्वाथ्यकर्मीहरुलाई विभिन्न प्रकारका संक्रामक रोगहरुबाट बच्न विपद व्यवस्थापनको प्रशिक्षण दिइने गरिन्छ । तर पनि कोभिड-१९ महामारीको यस बेलामा पशुचिकित्साकर्मीले आफुलाई बचाउदै पशुपालकहरुको हितमा पशु आपदा प्रवन्धनमा निम्नलिखित कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।

पशुचिकित्साकर्मीहरुले सम्भव भएसम्म व्यक्तीगत सुरक्षा उपकरण पि.पि.ई. लगाइ मात्र पशुपंक्षिहरुको संम्पर्कमा जाने सो सम्भव एवं व्यवहारीक नभए कम्तीमा फेसमाक्स, सर्जिकल पन्जा, डागरी वा एप्रोन, बुट अनिवार्य लगाउने संभव भएसम्म उपयोग पछि यी सामाग्रीहरुलाई साबुन पानीले धोएर निसंक्रमीत गर्ने । पटक पटक मन तातो पानी पिउने, आफ्नो पशुलाई उपचार गराउन ल्याउन पशुपालक कृषकलाई एक एक गरी चिकित्सालय हातमा ल्याउन दिने र सो पशुको उपचार पछि मात्र अर्को पशुलाई प्रवेश गर्न दिने एउटा उपचारधिन पशुसँग कम से कम मानीसहरुको भीडभाड हुन नदिने । पशपालकहरु पशुचिकित्सालय हातामा प्रवेश गरी सकेपछि तीनको हातहरुमा हैण्ड सेनिटाइजर अनिवार्य रुपमा लगाउन । पशुचिकित्सालय भित्रि हातामा नियमीत रुपमा रोगाणु बिषाणु नाशक औषधी झोल छर्किने । पशुचिकित्सालयमा हात धुनका लागी साबुन पानीको उपयोग पटक पटक गर्ने र हैण्ड सेनिटाइजरलाई आफ्नो हातमा लगाउने । पशुपालकहरु आफू स्वयम तथा स्टाफहरुलाई पशुचिकित्सालयको भित्ताहरु एवं अन्य बस्तुहरु छुन निषेध गर्ने । पशुपालकहरुलाई कुरा गर्दा २ मिटर टाढा अनिवार्य राख्ने यदि कुनै कारणबश पशुपालकहरुसँग कुर्सीमा बसेर कुराकानी भयो भने ती कुर्सीलाई पशुपालक किसान जाने बितिकै जिवाणुरहित निसंक्रमण अनिवार्य रुपमा गर्ने । पशुचिकित्सालयमा आएका पशुहरु छुनुभन्दा पहिले र पछि सावुन पानीले हातहरु अनिवार्य धुने तथा हातहरुमा सेनिटाइजर अवश्य लगाउने । लकडाउनका कारण किसानहरुलाई आर्थिक मन्दी जस्तो परिस्थितीको सामना गर्नु पर्ने हुन्छ । त्यासैले यस्तो बेलामा तीनको पशुहरुको उपचारमा पनि आर्थिक समस्यालाई पनि अवश्य ध्यानमा राख्नु पर्ने हुन्छ । यदि पशुपक्षी उपचारको लागी कृषकको घर दैलोमा जानै परे उचित सावधानि अपनाउने कोशिश अनिवार्य रुपमा गर्ने र अनावश्यक अरु मानिसहरुसँग भेटघाट नगर्ने । पशुचिकित्सालयको काम सकि घर पुग्नु भन्दा पहिले घरमा फोन गरेर घर आइपुगेको सुचना दिने र घरमा प्रवेश गर्नु भन्दा पहिले आफ्नो सामान इत्यादिलाई बाहिर राखेर जिवाणु रहित गर्ने र नुहाउनुकालागी बाथरुममा जानेबेला घरको ढोका चुकुल इत्यादि सामान नछुने तथा नुहाउनु भन्दा पहिले सावुन पानीले आफ्नो हातहरुलाई कम से कम २० सेकेण्डसम्म अनिवार्य धुने, नुहाउन भन्दा पहिले आफ्ना लुगाहरु एउटा बाल्टीनमा डिटरजेन्ट युक्त पानीमा राख्ने । नुहाई सकेपछि फेरी आफ्नो हातमा हैण्ड सेनेटाइजर लगाउने र केही समय पछि मात्र परिवारका सदस्यसँग भेटघाट गर्ने । रोगको सम्भावना भएको परिस्थीतीमा आफ्नो परिक्षण अवश्य गराउने । अन्तमा यति मात्र भन्न सकिन्छ यस बिश्वब्यापी कोभिड-१९ को महामारीसँग युद्ध जित्नका लागी आफु पनि बच्नुस अनी अरु लाई पनि बचाउनुस ।

नडराउनु कोरोनाको वारदेखि,
सम्झनुस कोरोनाको वारलाई
फेस माक्स र सावुन पानीले
निष्कृय गरौं कोरोनाको प्रहारलाई ।

जय पशुधन:

जुनोटीक रोगहरुमा जलवायु परिवर्तनको प्रभाव


 
डा. केदार कार्की
सेवानिवृत वरिष्ठ पशुचिकित्सक

  • १७ बैशाख २०७८, शुक्रबार १४:११ प्रकाशित
  • Nabintech