कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण पनि हरेक स्थानिय तहले असार १० गते आप्mनो नगरसभा बोलाई आप्mना निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गर्दछन । आर्थिक वर्ष २०७५|०७६ को निति तथा कार्यक्रममा कोहलपुर नगरपालिकालाई भौतिक पूर्वाधारयुक्त र समृद्ध नगरका रुपमा बिकास गर्न ७७ करोड भन्दा बढि रकमको बजेट प्रस्तुत गरेको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर नगरपालिकाको तेस्रो नगरसभामा उप–प्रमुख सन्जु कुमारी चौधरीले रु. ७७ करोड १९ लाख ७२ हजारको वार्षिक बजेट प्रस्तुत गरेकी छन । चौधरीले प्रस्तुत गरेको बजेट वक्तब्यमा भौतिक पुर्वाधारमा विशेष कार्यक्रम सहित बजेटलाई प्राथमिकता दिइएको छ । जसमा रु. ४७ करोड ४१ लाख ८३ हजार ८ सय रकम बिनियोजन गरिएको छ । त्यस्तै पूँजीगत खर्चतर्फको आर्थिक विकास तर्फ रु. ३ करोड ३६ लाख ८६ हजार, सामाजिक विकास तर्फ २३ करोड ८९ लाख ७० हजार, पूर्वाधार विकासमा रु. १८ करोड २७ लाख १२ हजार, वातावरण तथा विपत्त ब्यवस्थापनमा रु. ९४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ९३ लाख र प्रशासनिक खर्चतर्फ रु. १३ करोढ १६ लाख ६१ हजार रकम बिनियोजन गरिएको छ ।




१० असार २०७५, आईतवार १८:३३ प्रकाशित