१४ बैशाख २०८१, शुक्रबार
जानकी गाउँपालिका बाँकेको तेस्रो गाउँसभा आईतवारबाट सुरु
  • काँचुली खबर

जानकी गाउँसभामा आर्थिक वर्ष २०७५|०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५|०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक वर्ष २०७५|०७६को लागि अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन् ।  अध्यक्ष यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ । गाउँसभामा उपाध्यक्ष धितालले आर्थिक वर्ष २०७५|०७६को लागि ३१ करोड १७ लाख २ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेकी छिन् । जसमध्ये विकासतर्फ २३ करोड ९ लाख ६९ हजार ८ सय ९३ छ भने बाँकी साधारणतर्फको खर्चमा विनियोजित गरिएको छ ।

वजेट प्रस्तुत गर्दै उपाध्यक्ष भूमिसरा धितालले ०७४|७५ का विनियोजित बजेट र कार्यक्रम सुचारु हुने वक्तव्य दिएकी थिईन् । यसवर्ष गाउँपालिकाले एकीकृत सम्पती कर मार्फत १ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।  गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेष नमूना वस्ती विकास कार्यक्रम प्रमुख आकर्षक रहेको छ । यसका साथै ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई वार्षिक एकमुष्ठ सम्मान गर्ने, दलित मुस्लिम, पिछडिएका वर्गको आयआर्जनका लागि सहयोग, २५ शैययाको गाउँपालिकास्तरी अस्पताल निर्माण आगामी कार्यक्रममा राखिएका छन् ।  आगामी वर्ष पनि गाउँपालिकाले सडक निर्माणलाई नै प्राथमिकता दिने भएको छ । हरेक बालबालिकालाई विद्यालय पु¥याउन, विद्यालय भर्ना अभियानलाई सशक्त प्रभावकारी र जनसहभागितालाई अभिवृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • १० असार २०७५, आईतवार १८:०९ प्रकाशित
  • Nabintech