नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगर सभा
  • काँचुली खबर

नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो ।

उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरले आगामी आ.व.मा ऐसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ हुने अनुमान वजेट सार्वजनिक गर्नु भयो । प्रस्तुत वजेट वक्तव्यमा आर्थिक वर्ष ०७३÷०७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको बैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरि आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ । आगामी आवको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत आ.व. ०७३|७४ मा व्यय तर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूंजिगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ । चालु आर्थिक वर्षको हाल सम्मको संसोधित खर्च चालु खर्च तर्फ ९० प्रतिशत भन्दा बढि र पुँजीगत खर्च तर्फ ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान रहेको छ । आगामी आ.व.०७५÷७६ को ब्यय अनूमान चालू खर्च तर्पm सशर्त अनुदान तर्फ समेत गरी ५४ करोड ४ लाख ५० हजार र पूंजिगत खर्च तर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान गरिएको छ । यसमा चालु खर्च करीब २२ प्रतिशत र पूँजिगत खर्च करीब ७८ प्रतिशत रहने अनुमान छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको अनुदान र ऋण रकम करीब १ अर्ब ११ लाख रहेकोले चालु र पुँजीगत खर्च बीचको अनुपातमा भारी फरक देखिएको हो ।

कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकोले राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औल्याइएको छ । नेपालगञ्ज नेपालको पर्यटकीय द्धारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार भन्ने नारासहितको सार्वजनिक वजेट, नीती तथा कार्यक्रममा नेपालगञ्जलाई ५ नं. प्रदेशको आर्थिक तथा औद्योगिक नगरीको रुपमा विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्य लिइएको छ । राजश्व संकलन, करको दर र दायरा निर्धारण गरिने योजनासहीत आन्तरिक श्रोत अभिवृद्धिको कार्यक्रम अगाडि बढाइने नीती अवलम्वन गरिने वक्तव्यमा उल्लेख गरिएको छ ।

लक्षित समुदायको आयमुलक, रोजगारमुलक र सिपमुलक खालका क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गरिने, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने, अवसरबाट बञ्चितिमा परेका वर्गलाई प्रत्यक्ष फाईदा पु¥याउने योजनालाई उच्च प्राथमिकतामा राख्दै समग्र विकासमा हातेमालो गर्ने नीती अवलम्वन गरिने उपप्रमुखद्धारा प्रस्तुत वजेट नीतीमा उल्लेख गरिएको छ ।

  • १० असार २०७५, आईतवार १७:३९ प्रकाशित
  • Nabintech