बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा घरेलु तथा लैङ्गीक हिँसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना, सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको सडक नाटकमा समाजसेवा संस्था नेपालका कलाकारहरुले नाटक मार्फत घरेलु तथा लैङ्गीक हिसा बारे हिंसा गर्नेलाई हुने कारबाही तथा दण्ड जरिवानाका विषयमा सन्देश दिएका थिए ।
त्यसक्रममा नाटकस्थलमा करिब २२ जनाको निशुल्क एचआईभी परिक्षण समेत गरिएको थियो ।
जुनकीरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्र राठौरले घरेलु तथा लैङ्गीक हिँसा अन्त गर्न नाटकले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
७ बैशाख २०७८, मंगलवार १३:२१ प्रकाशित