रेन्बो डोजाङद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई डोजाङले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम

शुक्रबार एक कार्याक्रमका बिच धुर्मुस सुन्तली फाउण्डेसनलाई ५२ हजार २ सय २ रुपैया आर्थिक सहयोग गरेको रेन्बो तेक्वान्दो डोजाङ बैजनाथले जनाएको छ ।

यसैबिच ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सम्मान गरीएको छ । रेन्बो तेक्वान्दो डोजाङ ब्यवस्थापन समिति बैजनाथ र धुर्मुस सुन्तली फाउण्डेसनले संयुक्त रुपमा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।