अटो दुर्घटनामा बैजनाथकी कसेराको मृत्यु

कोहलपुर चौराहमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सवारी लिएर गाभर जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा बैजनाथ गाउँपालिका १ की ३० वर्षिया डिल कुमारी केसराको मृत्यू भएको हो ।

४ जना सवारी बोकेको रिक्सा कोहलपुर चौराहबाट २०० मिटर अगाडि सुर्खेत जाने रोडमा आफै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कसेराको मृत्यु भएपछि उनका आफन्तले दोषिलाई कारवाहीको माग राख्दै बेलुका केही समय कोहलपुर चौराहमा चक्काजाम गरेका थिए । दुर्घटनाको छानबिन गरी दोषिलाई कारबाही गर्ने सहमतीपछि अहिले चक्काजाम खुलेको छ ।

दुर्घटनामा घाईते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।