१५ बैशाख २०८१, शनिबार
बैजनाथमा माओवादी केन्द्रको संगठन बिस्तार
  • काँचुली खबर

बाँकेको बैजनाथमा नेकपा माओवादी केन्द्रले कमिटी बिस्तारलाई तिब्रता दिएको छ । पार्टीको एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान अन्तर्गत बिहबारदेखी पालिकाअन्तर्गतका हरेक वडामा कमिटी विस्तार कार्यले तिब्रता पाएको छ ।

अभियानको दोस्रो दिन बैजनाथ गाउँपालिका वार्ड नं. ४ मा आकाश सन्ज्यालको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरीएको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।

बैजनाथमा माओवादीको जागरण अभियान सुरु

वडा हुँदै टोलसम्म पुगेर संगठन सुदृढ तथा बिस्तार गर्ने र स्थानियसँग भेटघाट गर्ने उद्धेश्यले एक महिने अभियान संचालन गरीएको पाण्डेले बताए ।

अभियान अन्तर्गत जन गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु समेत निर्माण गरीने छ ।

  • २० चैत्र २०७७, शुक्रबार १७:४३ प्रकाशित
  • Nabintech