१३ बैशाख २०८१, बिहीबार
टोल-टोलमा माओवादी केन्द्रको कमिटि बिस्तार
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कमिटि बिस्तार अभियानलाई तिब्रता दिएको छ । माओवादी केन्द्र कोहलपुर नगर समितिद्वारा संचालित १ महिने ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार’ अभियान अन्तर्गत टोल-टोलमा कमिटि बिस्तार गर्न सुरु गरीएको छ ।

अभियानको दोस्रो दिन बिहिबार कोहलपुर ८, ९ र १० नं. वडामा कमिटि बिस्तार गरीएको छ । वडा न. ८ को पिपिरीमा सम्पन्न भेलाले चन्द्रबहादुर बुढा अध्यक्ष र आशा शर्मा सचिव रहेको २९ सदस्यीय वडा समिति गठन गरेको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

त्यसैगरी वडा नं. ९ को झण्डहवामा सम्पन्न भेलाले २९ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसको अध्यक्षमा ओपेन्द्रनाथ योगी र सचिवमा अहमद अलि साइ रहेका छन ।

कोहलपुरमा माओवादीको जागरण अभियान सुरु

बिहिबार नै वडा न. १० को भेला समेत सम्पन्न भएको छ । भेलाले अध्यक्षमा देबिलाल बोहरा र सचिबमा रत्नविर रावतसहित २९ सदस्यीय वडा समिति गठन गरेको छ ।

तिन वटै वडा भेलाले टोल भेला तथा जवस र मोर्चाको वडा भेला गर्ने, बिकास निर्माण र जनसरोकारका विषयमा वडा पार्टी समिति निरन्तर सक्रिय रही पहल कदमी लिने, संगठन सुदृढ तथा बिस्तार गर्ने लगाएतका निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

  • १९ चैत्र २०७७, बिहीबार १९:४३ प्रकाशित
  • Nabintech