मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका सामान तथा गाउँपालिकाको तर्फबाट खानाको प्रबन्ध मिलाईएकको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन ।
बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’, प्रदेश साँसद कृष्णा केसी ‘नमुना’ सहित घटनास्थल पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्ला विपद ब्यवस्थापन केन्द्रका तर्फबाट प्रत्येक घरपरिवारलाई राहतस्वरुप तत्कालकालागि १५ हजार नगद उपलब्ध गराईएको बताए ।
मंगलबार दिउसो करिब १ बजेको समयमा चौबिसबिगा गाँउमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको प्रयासमा आगलागि नियन्त्रणमा लिईएपनि आगलागीबाट ६ घर पूर्ण रुपमा र १ घर आशिक रुपमा क्षतीग्रस्त भएका छन । यद्यपी आगलागीबाट मानविय क्षती भने नभएको कुरुम्वाङले बताए ।
नरैनापुरको चौबिसबिगामा आगलागी, ६ घर जलेर नष्ट
यसअघि समेत आगलागीबाट नरैनापुरको सुईया गाँउका २२ घर जलेर नष्ट भएका थिए ।
१० चैत्र २०७७, मंगलवार १९:२८ प्रकाशित