एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको पनि नौ महिना लागे छ । ऊ दूर्घटना परेको एक आध महिनासम्म त अनुषाले राम्रै हेरचाह गरेकी थिइन् । बिस्तारै टाढा हुँदै गइन् ।
‘मह्लमपट्टी गर्नुपर्नेले नै नूनचुक छर्केर गई !’
अनुषाले अनुजलाई छोडेर गएको साढे चार वर्ष पछि दु:खद खबर आयो । कार एक्सीडेण्टमा अनुषाले पति र छोरो गुमाई । आफ्ना पनि दुवै खुट्टा गुमाई रे । यो खबरले अनुज विह्वल भयो । धेरै समय पछि अनुषाप्रति दया र माया जागेर आयो । ‘हे भगवान् ! हामीप्रति किन यति धेरै क्रुद्ध भा’को ?’ भगवानसँग गुनासो पोख्यो ।
अनुषालाई म्यासेज गर्यो, ‘दुखद घटनाले मर्माहत भएको छु ! शीघ्र स्वास्थ्य लाभको कामना !’
म्यासेजले छाङ्गाबाट खसे झै भई, अनुषा । रिप्लाई गरी, ‘म पापिनी हुँ । भगवानले मलाई सजाय दिई सक्नु भो !’
अचानक अनुषालाई आफ्नो कोठामा देखेर अनुज छक्कै पर्यो । पुन: आँसु झार्यो । आफूले गरेको ब्लण्डर मिष्टेकप्रति पश्चाताप गर्दै क्षमा याचना गरी, अनुषाले र अब जिन्दगीभर सेवा गरेर बस्ने प्रण गर्दै अंगालो मारी ।
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
१ चैत्र २०७७, आईतवार १८:३९ प्रकाशित