२८ बैशाख २०८१, शुक्रबार
‘सुकुम्वासीलाई टेरेन कोहलपुर नगरपालिकाले’
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ११ शान्ति टोलका स्थानियहरुले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगाएतका ब्यक्तिगत घटना दर्ता लगाएतका मौलिक हक कार्यान्वयनका लागि माग राख्दै स्थानीय तहका बिरुद्ध आन्दोलनमा उत्रिएको १८ औं दिनसम्म माग पुरा नभएपछि नयाँ आन्दोलनका कार्यक्रमहरु गर्ने भएका छन ।

शान्तिपूर्ण ढंगले नारा जुलुस, र्याली, चक्काजाम र धर्ना समेतका कार्यक्रम गरेका उनिहरुका पक्षमा स्थानीय तह कोहलपुर नगरपालिकाले माग सम्वोधन नगरी स्थानीय प्रहरी प्रशासनको सहयोगमा बल प्रयोग गर्ने र हस्तक्षेप गर्ने रणनिती लिए पछि आन्दोलनमा उत्रिएका स्थानियहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन ।

शान्तिनगरवासीको मागमा कोहलपुर नगरपालिका र नगर प्रमुख लूट बहादुर रावतले जनताको आधारभुत जनजीविका र संविधानले ग्यारेन्टि गरेका मौलिक हकका बिरुद्ध लागेकाले पटक पटकको वार्ता समेत असफल भएको सुकुम्वासी नेता जिवन थापा मगरले बताए । सर्वाेच्च अदालतको आदेशको समेत कार्यान्वयनमा कोहलपुर नगरपालिका वडा नं. ११ र नगर प्रमुख रावतले वास्ता नगरी लामो समय देखि शान्ति नगर टोलमा बसेका अव्यवस्थित भुमिहिन तथा सुकुम्वासीले उठाएको मागमा सम्वेदनशिल नबनेकाले अहिलेकोे समस्या उत्पन्न भएको मगरले बताए ।

लामो समयसम्म आन्दोलनमा उत्रिदा नगरपालिकाको दैनिक प्रशासनिक काम कारवाही अबरुद्ध हुनुकासाथै सेवाग्राहीले पाउने सेवाबाट बञ्चित भएकाले १० दिनको अल्टिमेटम सहित आन्दोलनको स्वरुप परिवर्तन गरिएको उनले बताए ।

कोहलपुर नगरपालिकाको मुख्य गेटमा ८ दिन देखि २४ सै घण्टा धर्नामा बसेका उनिहरुले दश दिन भित्र माग पुरा गर्न र माग पुरा नभए आन्दोलनबाट उत्पन्न घटनाको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकाले लिनु पर्ने भन्दै कडा आन्दोलनको चेतावनी समेत दिएका छन ।

  • २६ फाल्गुन २०७७, बुधबार १९:५२ प्रकाशित
  • Nabintech