२८ बैशाख २०८१, शुक्रबार
एमालेको उपाध्यक्ष बन्दै गृहमन्त्री बादल
  • काँचुली खबर

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को उपाध्यक्ष बनाइने भएको जनाइएको छ ।

एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको फैसला गरेलगत्तै गृहमन्त्रीसँग बादलनिकट नेताहरुसँग छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको जनाइएको छ ।

फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि गृहमन्त्री बादलसँगको भेटघाटमा प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । भेटमा दुई बीचमा गहन कुराकानी भएको र गृहमन्त्री बादलले आफू माओवादीतिर नभई ओलीको सिद्धान्त, विचारलाई साथ दिने बताएका थिए ।

यसरी गृहमन्त्री बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै मिसिने भएको जनाइएको छ ।

हाल एमालेमा वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि उपाध्यक्ष रहेका छन् । हाल बादलसहितका नेताहरूको व्यवस्थापनबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जनाइएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १४:२४ प्रकाशित
  • Nabintech