२७ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार १०:३२ प्रकाशित
  • Nabintech