२८ बैशाख २०८१, शुक्रबार
एमाले र माओवादी अलग-अलग भएर जाने
  • काँचुली खबर

नेकपा एमालेले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग-अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।

औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

  • २४ फाल्गुन २०७७, सोमबार १९:०१ प्रकाशित
  • Nabintech