२८ बैशाख २०८१, शुक्रबार
देशभर ८९ संक्रमित थपिए, १ को मृत्यु
  • काँचुली खबर

पछिल्लो २४ घण्टामा देशभर ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । उनीहरुमध्ये थप १ जनासहित हालसम्म ३ हजार ११ जनाको मृत्यु भएको छ ।

यस्तै गत २४ घण्टामा ४२ जना निको भएसँगै २ लाख ७० हजार ९२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८७२ रहेको छ ।

  • २४ फाल्गुन २०७७, सोमबार १८:०१ प्रकाशित
  • Nabintech