नेपाल राष्ट्र बैंकले हालसम्म ९असार ५ गतेसम्म० ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो । हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल राष्ट्र बैंंक मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । यस्तै १० को नोट पनि ८१ करोड ५२ लाख ८७ हजार रुपैयाँ नष्ट गरिएको छ ।
पुराना र काम नलाग्ने नोटलाई थापाथली राष्ट्र बैंक परिसर मै नष्ट गर्ने गरिन्छ । राष्ट्र बैंकले विभिन्न समयमा गरेर यो परिणामको नोट जलाएको हो । केन्द्रीय बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट जलाउँदै आएको छ । सामान्यतया साना नोटको आयु २ वर्षदेखि ३ वर्ष र ठुला नोटको आयु ५ देखि ६ वर्षको रहने गरेको पाइएको निरौलाले बताए । अब विस्तारै नोट जलाउने चलनलाई विस्थापित गर्दै धुल्याउनेतर्फ लैजाने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले बजारमा अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३८ करोड बराबरको नेपाली रुपैयाँ प्रवाह गरेको छ । नेपालमा कागजी मुद्राको प्रचलन भएदेखि ०७५ असार ५ गतेसम्ममा यो परिणामको नोट बजारमा पठाएको हो । हालसम्म सबैभन्दा बढी ५ रुपैयाँको नोट बजार पठाएको छ । यो भनेको बजारमा ५ रुपैयाँको नोटको माग सबैभन्दा बढी हुनु पनि हो । नेपालमा कागजी मुद्राको प्रचलन वि।स। २००२ देखि शुरु भएको हो ।
हालसम्म ४८ करोड ५१ लाख रुपैयाँ बराबरको ५ को नोट बजारमा सर्कुलेसन भएको छ । यस्तै अहिले बजारमा ३ लाख ४९ हजार ७ सय १४ रुपैयाँ बराबरको २५० रुपैयाँको नोट छ । तर अहिले यो नोट स्मारिकाको रुपमा मात्र निष्काशन हुने गरेको उनले बताए । राष्ट्र बैंकसँग सवाँ तिन वर्षलाई पुग्ने नोट स्टक हुने गरेको छ ।
नोटको आयु औसतमा ६ वर्ष
नेपाली नोटहरुको आयु औसतमा ६ बर्ष रहेको नोट छपाइ चक्रले देखाएको छ । कार्यकारी निर्देशक निरौलाका अनुसार ठुला नोट ९५ सय र हजार रुपैयाँ दरका नोट० को आयु औसतमा ६ वर्ष देखिएको छ । यद्यपि, राष्ट्र बैंकले यसबारे ठोस अनुसन्धान भने गरेको छैन ।
उनका अनुसार नोट छपाइचक्र ३ वर्ष ३ महिना भएकाले यस आधारमा ठुला नोटको आयु औसतमा ६ वर्षको देखिएको हो । यस्तै सय रुपैयाँका नोटको आयु ३ बर्ष र ५० रुपैयाँ भन्दा साना नोटको आयु २ वर्ष रहेको छ । यद्यपि, कागजी मुद्राको आयु व्यक्तिको प्रयोग गर्ने शैलीमा पनि भर पर्छ । तर प्रयोगमा भएको लापरबाहीका कारण नेपालमा यसको आयु कम हुने गरेको छ ।
खासगरी नोट छाप्दा देशको आर्थिक बृद्धिदर, मुद्रास्फितीको दर, बजेटको आकार, सर्कुलेसनको ट्रेण्ड, विनिमयदरको अवस्था, डिजिटल पेमेन्टको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन लगायत मापदण्डलाई हेर्ने गरिन्छ ।
मुद्राको प्रचलन र नोटकोषको व्यवस्था
नेपालमा धातु मुद्राको प्रचलन धेरै पहिले भएपनि कागजी मुद्राको प्रचलन भने वि.सं. २००२ असोज देखि सदरमुलुकी खानाबाट भएको हो । सर्वसाधारणको सुविधा र आर्थिक हित कायम गर्न नेपाल राष्ट्र बैंक ऐन २०१२ ले कानुनी जिम्मेवारी तोकिदिएको छ । नेपाली नोट निष्काशनको प्रवन्ध गर्ने र नेपाल अधिराज्यभर नेपाली मुद्रा चलनचल्तीमा ल्याउनका लागि नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २५ चैत २०१६ को निर्णय अनुसार नोटकोषको स्थापना भएको हो । ठुला तथा साना आयोजनाका लागि चाहिने रकमको व्यवस्था गर्न राष्ट्र बैंकले आफ्ना कार्यालय र वाणिज्य बैंकमा नोटकोषको स्थापना गरेको हो । आवश्यकता अनुसार चलनचल्तीमा पठाउन योग्य अनिष्काशित नोटको मौज्दात नै नोटकोष हो । राष्ट्र बैंकले नोटकोषको माध्यमबाट नेपाली मुद्राको माग र आपुर्ति चलनचल्तीमा रहेको नेपाली नोटकोष कुल योगलाई कुल ग्राहस्थ उत्पादनसंगको अनुपातमा राखेर विश्लेषण गर्दा करिब १७ प्रतिशत देखिन्छ भने भारतको करीब १३ प्रतिशत रहेको छ तर, विकसित देशमा यो प्रतिशत एकोहोरो अंकमा रहेको पाइन्छ ।
सोत : रातोपाटी
७ असार २०७५, बिहीबार १७:०० प्रकाशित