१५ चैत्र २०८०, बिहीबार
लघुकथा : ‘अस्पताल’ !
  • काँचुली खबर

दुर्गानन्द बाजेले पत्नीबाट सन्तान नभएको भन्दै कान्छी भित्र्याए । भगवानको लीला ! कान्छीबाट पनि सन्तान भएनन् । दुई सौताबिच मनमुटाव बढ्दै गयो । पत्नीहरुको मनमुटावको असर दुर्गानन्द बाजेमा गएर ठोकियो । बाजेले उपहार स्वरुपमा टेन्सन र डिप्रेसन पाए ।

बाजे दिनानु दिन थलिदै गए । ओछ्यान परे । बिडम्वना ! दुवैको ईखा ईखले गर्दा विमारीले झन शास्ती खेप्नु पर्यो । कहिले जेठीसङ्ग त कहिले कान्छीसङ्ग अस्पताल लैजान र राम्रो चेकजाँच गराउन अनुनय विनय गरे तर उनको याचनाको सुनुवाई भएन ।

‘दुई जोईको पोई, कुना बसी रोई !’

दैवले ठग्यो । दुर्गानन्द बाजेले न त अस्पतालको ढोका टेक्ने मौका पाए, न त एम्बुलेन्सले उनको घर आँगन छुने अवसर पायो । उनको अस्पताल जाने, होलबडी चेकअप गराउने, ओखती गर्ने र सञ्चो भएर गृहस्थी समाल्ने इच्छा यो जुनीमा अधुरै रह्यो ।

एकाविहानै दुर्गानन्द बाजेको घरमा रुवावासी चल्यो । आँगनभरि ठेलम् ठेल भीड लाग्यो । ‘राम राम ! वैकुण्ठ बास होस् । आत्माले शान्ति पावस् ।’

आँगनमा राखेको डेथबडी हेरेर कसैले भन्यो, ‘यो मृत्यु शंकास्पद छ । पुलिस बोलाउनु पर्छ ।’ भीडले होमा हो थप्यो । पुलिसको गाडी आयो । मुचुल्का उठायो । डेथबडी एम्बुलेन्समा राखेर अस्पताल लगियो ।

लघुकथा : ‘सम्बन्ध’ !

छविलाल खड्का
कोहलपुर

  • २२ फाल्गुन २०७७, शनिबार १९:२३ प्रकाशित
  • Nabintech