३१ बैशाख २०८१, सोमबार
नेकपा संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएका छन ।

शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो । उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो ।

आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए ।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए । उनले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताए ।

‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन’ प्रचण्डले भने, ‘यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं ।’

यसअघि पुस ८ मा पनि उक्त समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो ।

  • २१ फाल्गुन २०७७, शुक्रबार १६:१२ प्रकाशित
  • Nabintech