१६ चैत्र २०८०, शुक्रबार
लघुकथा : ‘सम्बन्ध’ !
  • काँचुली खबर

विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, ‘हेलो ! ओ गाइच कता ?’

‘बोटानिकल पार्क, गोदावरी । गाइच ।’

‘हामीलाई बिर्सेको ?’

‘अँ यार गाइच, यस्तै भयो । सरी ल !’

साथीको रहस्यमय जवाफले उत्सवलाई झन एक्साइटेड बनायो । बाइक स्टार्ट गर्यो । ऊ पनि गोदावरीतिर हुँकियो । बाइक पार्किङ्ग गर्यो । साथीलाई सरप्राइज दिने उद्देश्यले फोन नगरी बिस्तारै चियो गर्दै पार्कतिर लाग्यो । अलि पर पुगे पछि अनौठो दृश्य देख्यो ।
आयुष र लुनिभा एक-अर्काको अङ्गालोमा कसिएर चुम्वनमा मस्त थिए । एउटा फोटो खिच्यो । सपना जस्तै लाग्यो । ऊ फरक्क फर्कियो ।
टेन्सन भयो । रेष्टुरेन्ट छिर्यो । टेन्सन दूरको अ‍ौषधि लियो । झन झन टेन्सन नजिक भयो । फोन गर्यो, ‘हेलो ! मेरो राजा कता गायब हो । कल पर्खिदा पर्खिदा म कति हैरान भैसके ।’ लुनिभाको एकहोरो रटानले झन आगाोमा घिऊ थप्यो । केही जवाफ नफर्काई फोन काट्यो । लुनिभाले कलब्याक गरि तर फोन उठेन । ‘के भयो ? किन रिसाको राजा ?’ म्यासेज आयो ।

‘मेरो बिहे हुने भयो । मेरी उनीको फोटो राखेर फेसबुकमा निमन्त्रणा पठाको छु ।’ म्यासेज फर्कायो ।
हतार हतार लुनिभाले फेसबुक खोल्दा ‘चुम्बनवाली’ क्याप्सन लेखिएको लुनिभा र आयुषको फोटो भाइरल भईसकेको थियो ।

लघुकथा : ‘झट्का’ !

छविलाल खड्का
कोहलपुर

  • १९ फाल्गुन २०७७, बुधबार १८:४५ प्रकाशित
  • Nabintech