१६ बैशाख २०८१, आईतवार
ओली पक्षमा नरहेको बम र चौधरीद्धारा प्रष्टिकरण
  • काँचुली खबर

मुगुका प्रतिनिधिसभा सांसद् गोपाल बम नेकपाको बहुमत पक्ष प्रचण्ड-माधवकुमार नेपालतिर नै रहेको बताएका छन् । उनले एक विज्ञप्ती मार्फत प्रचण्ड र नेपाल नेतृत्वको मुलधारमा नै रहेको प्रष्टिकरण दिएका हुन् । उनले यस्तै गंगा चौधरी (सत्गौवा) ले पनि आफू ओलीसहित कुनै पनि पक्षमा नरहेको स्पष्टिकरण दिएकी छन् ।

दुवै सांसद्ले ओली पक्षमा रहेको भनेर आएको समाचारको खण्डन गर्दै आपत्ती जनाएका छन् । सांसद् बमले विज्ञप्तीमार्फत भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनको एकता, संविधानको कार्यान्वयन र जनताको समृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पूरा गर्ने युगिन जिम्मेवारी पूरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मुलधारमा रहेर आफ्नो भुमिका निर्वाह गरिरहेको र भरखरै मात्र मेरो गृह जिल्ला मुगुका मतदाताहरु सँगसँगै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेर काठमाडौं फर्किएको कुरा पुनः सबैमा जानकारी गराउँछु ।’

  • १९ फाल्गुन २०७७, बुधबार १७:३७ प्रकाशित
  • Nabintech