१५ बैशाख २०८१, शनिबार
सुवास नेम्वाङसहित ७ जना नेकपाबाट निलम्बित
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।

बैठकले शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ । यसअघि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।

  • १९ फाल्गुन २०७७, बुधबार १६:४५ प्रकाशित
  • Nabintech