१६ बैशाख २०८१, आईतवार
संसदीय दलको नेता फेर्ने नेकपाको तयारी
  • काँचुली खबर

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ । यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।

स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो ।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो ।

केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

  • १९ फाल्गुन २०७७, बुधबार १४:०९ प्रकाशित
  • Nabintech