१६ बैशाख २०८१, आईतवार
प्रकाण्डको नेतृत्वमा विप्लवको वार्ता टोली
  • काँचुली खबर

विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन

सरकारसँग वार्ताको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने भएका छन् । सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा विप्लव नेकपा वार्तामा बस्ने भएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । विप्लवनिकट एक नेताले दिएको जानकारीअनुसार विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली आजै केहिबेरपछि सार्वजनिक गरिँदैछ । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन् ।

सरकारले आजै मात्र गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता टोलीको संयोजकत्व बादल छन् भने सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । सरकारले आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध पनि फुकुवा गर्ने योजना रहेको बताइएको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार १३:५९ प्रकाशित
  • Nabintech