२८ बैशाख २०८१, शुक्रबार
संसद पुनर्स्थापना : जन्मदिनमा ओलीलाई उपहार !
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मदिनको दिन ठुलो झड्का लागेको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । आजै प्रधानमन्त्री ओलीको जन्मदिन हो । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् ।

झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग-अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।

साथै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ ।

हेर्नुहोस फैसलाको पुर्णपाठ:

  • ११ फाल्गुन २०७७, मंगलवार १८:५४ प्रकाशित
  • Nabintech