४ बैशाख २०८१, मंगलवार
रुद्रबहादुर भाईलाई मारेर खुकुरीसहित प्रहरी कार्यालयमा आएपछि…..
  • काँचुली खबर

रुकुम । रुकुम पश्चिममा जग्गा विवादमा दाइले भाईको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१२ का रुद्रबहादुर पुनले  भाई जोखबहादुर पुनको बिहिबार बिहान ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

भाईको हत्यापछि रुद्रबहादुर खुकुरीसहित जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका छन् । रुद्रबहादुरले प्रहरी कार्यालयमा आएर जग्गा सम्बन्धी सामान्य विवादका कारण आफूले भाईलाई  मारेकाे बताएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

  • ७ असार २०७५, बिहीबार १२:०८ प्रकाशित
  • Nabintech