१३ बैशाख २०८१, बिहीबार
लघुकथा : ‘बाघ-भालु’ !
  • काँचुली खबर

‘मेरी नातिनी हिरा छे, कसैको आँखा नलागोस् ।’

‘धेरै लखर लखर जङ्गलको बाटो नहिड् है नानी, बाघ भालुको डर हुन्छ । जमाना खराब खराब आ’छन् । चिलबाट चल्ला जोगाउन गाह्रो छ ।’
हजुरआमा गाउँमा हुँदा सधैं यस्तै चिन्ता गर्नु हुन्थ्यो । अहिले हामी सहर बसाइ सरेका छौ र पनि हजुरआमाको चिन्ता उस्तै छ ।
‘नानी अमला, धेरै लखर लखर बजार नजा है, बाघ भालुको डर हुन्छ ।’
‘ह्या बुढी माऊ ! पनि के कराई रा होला । नचाहिने नचाहिने । बजारमा पनि कहीँ बाघ भालु होलान् त !’
गाउँमा बाघ भालु भनेपछि डराउने अमला अहिले हाँसो मजाक जस्तै ठानी । हजुरआमाको कुरा पत्याइन । निस्फिक्री बजार जाने आउने गर्न थाली ।
बजारमा रमाइलो मेला लागेको छ । आज……. हट कलाकारहरुले मेला तताउँदै छन् रे । एफ.एम. रेडियोले फुकिरहेको छ । साँझ पर्दासम्म मेला हेर्न गा’कि अमला घर फर्किन । आमा बालाई साथीसंग आउँदै होला जस्तो लाग्यो । हजुर आमाले चासो राखिन्, ‘अझसम्म अमला आ’कि छैन ? ख्याल गर है जमाना खराब छन् ।’
‘साथीहरुसँग आउँदै होला आमा ।’ बुहारी बोली ।
तर अमला आइन । घरमा सबै आत्तिए । सबैतिर फोन गरे । केही पत्तो लागेन । पुलिसमा जानकारी लेखाए ।
बिहान पख बजारको दक्षिणतिरको विश्राम झाडीमा बीभत्स लास भेटियो । यो उही अमलाको लास थियो । नरपिचास सहरिया हिंस्रक बाघ भालुबाट बालात्कार पश्चात् हत्या गरिएकी थिई ।
हजुरआमा अश्रुधारा बगाउँदै चिच्याइन्, ‘हे भगवान अझै कतिसम्म यी अमला, निर्मला र भागीरथी हरुले यस्तो नियति भोगिरहेने हुन् । हे कलि !’

 

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

 
खड्का काँचुलीखबरका नियमित स्तम्भकार हुन ।

  • ३ फाल्गुन २०७७, सोमबार १९:१६ प्रकाशित
  • Nabintech