१४ बैशाख २०८१, शुक्रबार
लघुकथा : ‘मापदण्डबिनाको विकास’ !
  • काँचुली खबर

प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ हो, स्वर्गपुरी गाउँ । यो गाउँमा पाइला टेक्न पाउनु अहोभाग्य ठान्छन् अन्य गाउँका बासिन्दाहरु । यो गाउँले राष्ट्रको लागि ठूलो योगदान दिएको छ । पर्यटकीय क्षेत्रको रुपमा आर्थिक स्तम्भ हो, यो गाउँ । यसको साथसाथै विशेष योगदान राजनीतिक क्षेत्रमा छ, यो गाउँको । नेता उत्पादन गर्ने कारखानाको रुपमा चौतर्फी परिचित छ, यो गाउँ ।

विभिन्न कालखण्ड पार गर्दै संघीयता कार्यान्वयनको चरणमा छ, स्वर्गपुरी गाउँ । गाउँमै सिंहदरबार आएको कुराले सबै नेतादेखि जनतासम्म खुसी देखिन्छन् । स्थानीय सरकारले समृद्ध गाउँको सपना देख्यो । गाउँको विकासको पहिलो शर्त सडक भनी प्राथमिकी करण गरियो । सबै गाउँ, टोल-टोलमा मोटर बाटो पुर्याउने प्रतिस्पर्धा चल्यो । जनप्रतिनिधिहरुले डोजर ल्याए । गाउँका पाखा-पखेरा, भञ्ज्याङ, चौतारा जताततै डोजर नाचे । प्रत्येक टोल टोलमा मोटर बाटो पुग्यो । जनप्रतिनिधिहरु रिबन काट्दै, उद्घाटन गर्दै खुसी बाँड्दै हिडे ।
स्वर्गपुरी गाउँमा नमूना विकास भएको भनी प्रचार प्रसार गरियो । अरु गाउँले पनि यहाँबाट विकासको मोडेल सिक्नु पर्ने भन्दै बखान भयो ।
बर्खा लाग्यो । मुसलधारे पानी पर्यो । गाउँभरि पहिरै पहिरा गए । धन जनको अथाह क्षति भयो । कयौंका घर परिवारमा रुवाबासी चल्यो । सारा गाउँ नै स्तब्ध भयो । समाचारको केन्द्र बन्यो, ‘स्वर्गपुरी गाउँमा भएको विनास !’

 

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

 
खड्का काँचुलीखबरका नियमित स्तम्भकार हुन ।

  • १ फाल्गुन २०७७, शनिबार १३:१६ प्रकाशित
  • Nabintech