१५ बैशाख २०८१, शनिबार
काेहलपुरका व्यापारीहरुसँग अबैध रुपले रकम असुली
  • काँचुली खबर

कोहलपुर नगर विकास समितिले हटाएको टहराहरुबाट मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले मासिक रुपमा रकम असुली गर्दै आएको ब्यवसायीहरुले गुनासो गरेका छन ।

प्रा.लि.ले आफ्नो समिति रहदासम्म कसैले पनि टहरा नहटाउने आश्वासन दिदैं व्यापारीहरुबाट रकम असुली गरिरहेको भएपनि सोमबार नगरविकास समितिले अवैध रुपमा बनेका टहराहरु भन्दै प्रहरी प्रशासनको सहयोगमा हटाएको थियो ।
प्रा. लि. ले संस्थाको लेटरप्याड बिनानै सम्झौता गरे जस्तो गरेर ब्यापारीहरुलाई झुक्याएर असुलि गरिरहेको पीडित व्यवसायी डम्बर खत्रीले गुनासो पोखे । समितिले भाडा बापत आफुसँग २१ हजार लिएको खत्रीले दाबी गरे ।
नगर विकासको स्वामित्वमा रहेको जमिनमा कसैलाई भाडामा दिनुपर्दा नगरविकाससँग सम्झौता हुनुपर्नेमा प्रा.लि. ले आफु मालिक जस्तो भई सम्झौता गरेर आफुलाई झुक्काएको ब्यापारीहरुले गुनासो गरेका छन । व्यापारी खत्रीले आफुहरुले दिएको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् ।
सो क्षेत्रका १ सय २० टहरा हटाइएको कोहलपुर नगर विकास समिति अध्यक्ष अवराज खड्काले बताए । यसअघि नगर विकास समितिले सो क्षेत्र खाली गर्न १५ दिने, ७ दिने, ३ दिने र २४ घण्टे गरी चार पटक सूचना प्रकाशित गरेको थियो ।
अटेरी गरी सो क्षेत्र खाली नगरेका कारण बाध्य भएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाको सहयोगमा अवैध टहराहरु हटाइएको नगर विकास समितिले जनाएको छ ।
यता समितिका सचिव टिकाराम उपाध्यायले भने नगर विकाससँग सम्झौता भए अनुसार आफुहरुलाई जिम्मा दिएको खाली जग्गामा ब्यापारीहरुलाई बस्न दिएको बताए । उनले आफुहरुलाई जानकारी नै नदिइ टहराहरु भत्काइएको भएपनि पिडित व्यापारीहरुको रकम फिर्ता गर्न सकिने बताए ।

  • ७ असार २०७५, बिहीबार ०७:१२ प्रकाशित
  • Nabintech