२ जेष्ठ २०८१, बुधबार
लघुकथा : ‘कृषी क्रान्ति’ !
  • काँचुली खबर

‘अब किसानका दिन आए । कुनै पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।’ पर्रर तालीको गडगडाहट् भयो । एक हप्ता अगाडि कृषि मन्त्री भए पछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका किसानको ओठमा हाँसो देखियो ।
‘अब हजुरबाट केही आश पलाएको छ । पहिलाका जस्ता खन्चुवा नहुनु नानी ! मेरो आशिर्वादा छ ।’ चोलाकान्त बाजेले धनराजलाई शुभकामना दिए । दिनहरू महिनाहरू कसैको वास्ता नगरी बिते । किसानका पीडा बिसमा उन्नाईस भएनन् । मन्त्री पटक पटक निर्वाचन क्षेत्र आउने कुरा पनि भएन ।
‘ऊफ ! यसपाली पनि पाँच बिघा जग्गामा लगाएको उखु त्यसै खेर जाने भो कान्छा ?’ लामो सुस्केराका साथ चोलाकान्तका जेठा छोराले भाइलाई भने ।

‘हो दाइ यो साल सबै तिर प्रसस्त मात्रामा उखु खेती भएछ रे, त्यसैले हो कि ?’ कान्छाले संसय प्रकट गर्यो ।

‘अब यो बाली नासेर तरकारी बाली लगाउने पो सोच राखे त मैले !’ जेठाले राय मागे कान्छासँग ।
‘तरकारीले भाउ पाउला त दाइ ?’ कान्छाले प्रतिप्रश्न गर्यो। ।

‘चिया पिउनु पर्छ की नाती ?’ चोलाकन्तले शहरमा पढ़नको लागि डेरामा बसेको नाती भेट्न गएका बेला आग्रह गरे ।

‘हामी त तातो पानी मात्र खान्छौ हजुरबुवा, चिनी चार सय रुपैया केजी पुगेको छ महङ्गिएर ।’ नातीले गुनासो पोख्यो । यस पटक उखुको आभावका कराण चिनीको भाऊ आकसिएको भन्ने जानकारी कृषिमन्त्रीले टिभिमा दिएको अन्तरवार्ताबाट चोलाकन्ताले थाहा पाए ।

‘स्याउको भाउ कसरी ?’

चोलाकन्ताका माइला छोराले स्याउ किन्न खोजे । हिमाली भेगमा बसेका माइलाले बाबुलाई भेट्न कोसेलीका साथ भतिजकै कोठामा आउँदै थिए । पसलेले चार सय रुपैया प्रति केजी भनेको सुन्दा माइला झस्किए । आफ्नो बारीमा उब्ज़िएको स्याउ तीस रुपैया केजीमा नबिकेर लोकल रक्सी बनाएको सम्झे उनले ।

‘एक छाक राम्रो तरकारी किनेर खान नसकिने पो भइयो माइला‘ बाबु छोराको लामो कुरा भयो ।

‘खै कृषिप्रधान देश भन्छन् के हो के हो ?’ माइलाले बालाई सम्झाउन सकेन ।

‘देशका विभिन्न जिल्लामा उब्जिएको तरकारीले भाऊ नपाएर किसानद्वारा तरकारी नष्ट गरिदै‘ आजको मुख्य समाचार तीन भाइ र बाबु आफ़नै घरमा बसेर टिभीमा हेरिरहेका थिए ।

‘यस पटक पनि करोडौको तरकारी विदेशबाट आयात‘ दोश्रो समाचार पनि सुन्न पाए उनीहरुले ।

‘धनराजले कृषिक्रान्ति गर्छु भन्थ्यो यही त होला है केटा हो !‘ छोराहरु तिर फ़र्केर चोलाकान्तले भने । छोराहरुको ध्यान टिभी मै थियो ।
धनराजको छोराले पनि भारतीय राजदुतावास प्रदान गरिने छात्रवृतिबाट वपदेशमा गएर उच्च शिक्षा हाँसिल गर्ने मौका पाएकोले गाउँमा लड्डु बाडिएको रहेछ । धनराजले गरेको कृषिक्रान्ति गाउँलेले चाल पाउन सकेनन् ।

 

लघुकथा : ‘आन्दोलनको लागि तयार….’


 

हरिचन्द्र ढकाल
हाल : धनकुटा

  • २७ माघ २०७७, मंगलवार १५:३४ प्रकाशित
  • Nabintech